काठमाडौं। तपस्वी भनिने रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ ।
सर्लाही जिल्ला अदालतका न्यायाधीस विष्णुप्रसाद रेग्मीको एकल इजासलले बम्जनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । गत मंगलबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका बम्जनमाथि हत्या, बलात्कार र मानिस बेपत्ता पारेको आरोप छ ।
उहाँमाथि सर्लाहीमा १८ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप छ । बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो ।
बम्जनविरूद्व सर्लाही, नुवाकोट र मकवानपुरमा पनि उजुरी परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच