
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कानुन परिमार्जन भएपछि चलचित्र क्षेत्रको समस्या समाधान हुने बताउनुभएको छ । उहाँले शुक्रबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को आधिकारिक वेबसाइट शुभारम्भ गर्दै यस्तो बताउनुभएको हो । मन्त्री शर्माले चलचित्र क्षेत्र पुरानो कानुनबाट अगाडि बढिरहेको बताउँदै त्यो परिमार्जनको काम भइरहेको जानकारी दिनुभएको थियो । मन्त्री शर्माले चलचित्र क्षेत्रका समस्या समाधानका लागि सबै सरोकार संस्थाहरूलाई परिमार्जन हुन लागेको कानुनका लागि आफ्नो राय सुझाव दिन पनि आग्रह गर्नुभयो ।
राज्यका अप्ठ्यारादेखि विभिन्न अप्ठ्यारासँग जुधेर फिल्म क्षेत्रको विकासमा लाग्ने सम्पूर्ण पक्षको प्रशंसा गर्दै मन्त्री शर्माले अबको २०औँ वर्षपछि पनि काम लाग्ने कानुन निर्माण अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो ।
सेन्सर बोर्डले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आयोजना गरेको केन्द्रीय चलचित्र जाँच समिति र सरोकारवालाबीचको कार्यक्रममा चलचित्र सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीले चलचित्र जाँचका विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
त्यस्तै चलचित्र विकास बोर्डका विशाल सापकोटाले नेपालमा चलचित्र क्षेत्रको विकास र भावी कार्यदिशाका विषयमा प्रस्तुति राख्दा सेन्सर बोर्ड र सरोकारवालाबीचका सम्बन्धका विषयमा चलचित्र सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले प्रस्तुति राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच