बाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । माघ महिनाका लागि बाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् ।

पछिल्लो पटक मुद्दति निक्षेपको व्याजदर ८ प्रतिशतको हाराहारीमा आएको छ । बाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ व्याजदर न्युनतम ७ दशमलव २६ प्रतिशतदेखि ९ प्रतिशतसम्म रहेको छ ।

सार्वजनिक भएको नयाँ ब्याजदर कृषि विकास बैंकको ७ दशमलव २९ प्रतिशत रहेको छ । यसअघि कृषि विकास बैंकको व्याजदर ९.०१२ प्रतिशत रहेको थियो ।

त्यसैगरी, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र एभेष्ट बैकले नयाँ व्याजदर ८ प्रतिशत बनाएका छन् । यसअघि माछापुच्छ्रेको ९ प्रतिशत, लक्ष्मी सनराइजको ९ प्रतिशत, नेपाल बैंकको ८.५५ प्रतिशत र एभेष्ट बैकको ८ प्रतिशत व्याजदर रहेको थियो ।

त्यसैगरी, प्रभु बैंक र एनआईसी एसिया बैंकले ८.०६५ प्रतिशत नयाँ व्याजदर तोकेका छन् । राष्ट्रिय बाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्स बैंकको ८.०७ प्रतिशत, प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक र नविल बैंकको नयाँ व्याजदर ८.१ प्रतिशत रहेको छ । त्यसैगरी नयाँ सार्वजनिक भएको व्याजदर कुमारी बैंकको ८.११ प्रतिशत, हिमालयन बैंक र सानिमा बैंकको ८.१५ प्रतिशत रहेको छ ।

त्यसैगरी, नयाँ व्याजदर नेपाल एसबीआई बैंकको ८.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ८.६ र एनएमबी बैंकको ९ प्रतिशत रहेको छ । माघ महिनामा बाणिज्य बैंकहरुको औषत व्याजदर ८.१२ प्रतिशत रहेको छ । पुस महिनाको तुलनामा बाणिज्य बैंकको ब्याजदर शुन्य दशमलव ८१ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?