भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक छ : नेता सिंह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण शुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंको मात्रै नभइ देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आफू उपत्यकावासी सुलभ तरिकाले सम्पूर्णलाई पानी उपलब्ध गराएको दिन पूरा खुशी हुने बताउनु भयो । उहाँले मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभइ पुनः वितरणमात्रै गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेलम्ची खानेपानी आयोजनाबाट हामी सबैले पाठ सिक्नुपर्छ । हामीले सुधार गर्नुपर्छ । योजना मात्रै ठूलो भएर हुँदैन, व्यवस्थापनमा हाम्रो ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कार्यमा हामी लाग्नुपर्छ भन्ने पाठ सिकाएको छ । प्रधानमन्त्रीज्यु यो काठमाडौं उपत्यकाको मात्रै होइन, नेपालभरकै यो ग्राउण्ड वाटरको जुन एक्स्ट्रयाक्शन बढी भइरहेको छ, त्यसमा अब सरकारले विशेष ध्यान दिनुपर्छ । म पूरा खुशी उपत्यकावासीलाई सुलभ तरिकाले गर्न सकेको दिनमा हुनेछु । यो पुनः वितरण गर्ने कार्य हो, उद्घाटन होइन ।’

नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठूलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?