काठमाडौं । चलचित्र ‘म्याउँ’ निर्माण हुनेभएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर एक पोष्टर सार्वजनिक गर्दै यो चलचित्र निर्माणको घोषणा गरिएको हो । जयराज रायको लेखन तथा निर्देशनमा निर्माण हुने यो चलचित्रको पोष्टरमा विरालोको आँखालाई डरलाग्दो रूपमा चित्रित गरिएको छ भने अभिनेता अनुपविक्रम शाही पिठ्यूँको कसिलो शरीरसहित सर्टलेस अवतारमा प्रस्तुत हुनुभएको छ ।
उहाँको अनुहार भने देखाइएको छैन । यो चलचित्रमार्फत करिब १२ वर्षपछि उत्तम प्रधानल अभिनयमा कमब्याक गर्नुहुने भएको छ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा निर्देशक रायकै निर्माण रहने चलचित्रलाई २०२४ मा प्रदर्शनको तयारी गरिएको छ ।
साउथ चलचित्रका छायांकार आकाश कुमारको डिओपी रहने चलचित्रका गीतमा एजे अलिमिर्जाक नौशाद अलीको संगीत तथा साई भिग्नेश र पद्मलताको पाश्र्व गायन रहनेछ । उहाँहरू पनि साउथ चलचित्रमा आबद्ध हुनुहुन्छ । लक्ष्मण सुनारको एशोसियट निर्देशन तथा सम्पादन रहने चलचित्र चीनमा पनि पर्दशन गरिने बताइएको छ । जसका लागि चिनियाँ वितरक कम्पनी साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) इन्टरनेसनल मिडिया को.लि.चलचित्रमा जोडिएको छ ।
जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्सकुमार चौधरी सहनिर्माता रहेको चलचित्रको कार्यकारी निर्माताम निशा खतिवडा हुनुहुन्छ । चलचित्रमा सुमन माझीको साउण्ड डिजाइन तथा सुदीप भण्डारीको भिएफएक्स रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच