अपाङ्गता भएका बालबालिकालाई व्हील चियर वितरण

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । मुगु जिल्ला खत्याड गाउँपालिकाका सम्पुर्ण अपाङ्गता भएका ‘क’ बर्गका ६ जना बालबालिकाहरुलाई व्हील चियर हस्तान्तरण गरिएको छ । बालविकास समाजको सहयोग, हामी नेपालको प्राविधिक सहयोग र खत्याड गाउँपालिकाको समन्वयमा अपाङ्गता भएका बालबालिकालाई व्हील चियर हस्तान्तरण गरिएको हाे ।

अपाङ्गता भएका बालबालिकाहरुको नाम वाचन गरेर प्रमुख अतिथि खत्याड गाँउपालिकाका अध्यक्ष अजबहादुर शाहीले कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियो । कार्यक्रम पालिका प्राङ्गणमा संचालन गरिएको थियो ।

संस्थाका प्रतिनिधि अनिल बानियाले उक्त सामग्री अष्टेलियाबाट आएको र मुगु सम्म ल्याउन निकै कठिनाइ भएको बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मान बढाउन, आत्मबल बढाउन र उनीहरुलाई सहयोग पुगोस् भन्ने हेतुले सामग्री सहयोग गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी शाहीले समाजिक सञ्जालमा मात्रै टिका टिप्पणी नगरी निस्वार्थ अनिल बानिया जस्तो मैदानमै खटिएर कामगर्न आग्रह गर्नुभयो । उहाँले पालिकालाई निकै सहयोग पुगेको र यस्ता राम्राकाम गरे चाडो विकास हुने साथै जनतालाई पनि सेवा पुग्ने बताउनु भयो । उहाँले आफु निकै खुशीभएको र पालिका साथै अभिभावकको तर्फबाट धन्यवाद व्यक्त गर्दै यो पबित्र सेवालाई निरन्तरता दिन पनि समाजसेवी बानियालाईआग्रह गर्नुभयो ।

सामग्री सहयोग कार्यक्रममा सुचना अधिकारी बिरेन्द्र शाही, शिक्षा प्रमुख नरेश शाही, रारा छाँयानाथ नगरपालिकाका प्रा.स खडक राजभियाल , लेखापाल सुदिन बुढा, वडा सदस्य, पालिकाका प्राविधिक विक्रम शाही र जित बुढा, विभिन्न विद्यालयका शिक्षकहरु, बुद्दिजिवि, पालिकाका प्रतिनिधिहरु, अभिभावकहरु र खत्याड बासीहरुको उपस्थिति रहेकाे थियाे ।

खत्याड गा.पा. वडा-नं ७ निवासी काले बि क, रोशन भियाल, मनोज थापा, केशव राज जैशी, खत्याड गा.पा. वडा-नं ५ निवासी आइतु रोकाया र खत्याड गा.पा. वडा-नं १० निवासी मंगल रोकायालाई व्हील चियर हस्तान्तरण गरिएको अनिल बानियाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?