जुम्लाकाे अर्गानिक कोसेली घरमा आगलागी

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ नगरपालिका-५ स्थित चन्दननाथ अर्गानिक कोसेली घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । जुम्लामा उत्पादित रैथाने वस्तुको बजारीकरण गर्दै आएको कोसेली घरमा आगलागी हुँदा अनुमानित ३५ लाखबढीको क्षति भएको अर्गानिक कोसेली घरका संचालक गोविन्द आर्चायले जानकारी दिनुभयो ।

क्षतिको यकिन विवरण आउन बाँकी छ । आर्चायले भन्नुभयो, 'राती १ बजे मात्रै आगलागी भएको थाहा पाएँ । सुरक्षाकर्मी स्थानीयको सहयोगमा डेढ दुई घण्टामा आगो नियन्त्रणमा आए पनि सबै अर्गानिक बस्तु आगोमा जलेर नष्ट भएको छ।' आगलागीबाट अर्गानिक कोसेलीघर पूर्ण रुपमा जलेको अर्गानिक कोसेली घरका संचालक आर्चायको भनाइ छ।

कोसेली घरमा राखिएको लाखौँ मूल्य बराबरको, मार्सी चामल, विभिन्न खाले सिमि, दाल, दाँते ओखर, खरायाको टोपी, गहत, भटमास, मकै, कोदो फापरको पिठो, जडीबुटी राडिपाखीलगायतका अर्गानिक अन्न र सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।

गएराती १ बजेतिर विद्युत सट भएपछि आगलागी भएको अनुमान गरिएको छ । थप अनुसन्धान प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासिको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?