काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेशअन्तर्गतका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र सिरहा गरी सात जिल्लाका १७ शाखा कार्यालयका सम्पूर्ण कर्मचारीका लागि एएमएल-सिएफटी एण्ड क्वालिटी ग्रोथ तालिम सञ्चालन गरेको छ ।
कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोकेबमोजिमको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषय तथा क्वालिटी ग्रोथबारेमा प्रशिक्षित गर्नुभएको थियो । उहाँले लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीको महत्वपूर्ण भूमिका हुने भन्दै कर्मचारीलाई समय-समयमा यस्ता किसिमका तालिम सञ्चालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने बताउनुभयो ।
कर्मचारीलाई जोखिम व्यवस्थापनका उपाय तथा प्रभावकारी असुलीका रणनीतिका विषयमा वित्तीय संस्थाका असुली तथा अनुगमन विभागका विभागीय प्रमुख नयन देवकोटाले प्रशिक्षित गर्नुभएको थियो । मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्यलाई प्रदान गरिने बिमा सुविधा, कर्मचारी सेवा सुविधा तथा मानव संसाधन विभागसँग सम्बन्धित विषयमा सहजीकरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच