काठमाडौं । स्क्राबल काठमाडौंको जिम्मेवारी पुनः बुद्ध गौतमलाई दिइएको छ । स्क्राबल क्लबको केन्द्रीय समितिको निर्णयानुसार गौतमलाई काठमाडौं को अध्यक्ष बनाइएको केन्द्रीय अध्यक्ष केशवप्रसाद पराजुलीले जनाउनुभएको छ ।
गत माघ ४, ५, ६ गते काठमाडौंमा आयोजित चौथो स्क्राबल अन्तर्राष्ट्रिय च्याम्पियनसिप गौतमको नेतृत्वमा सफलतापूर्वक भएको थियो । गौतमले केन्द्रीय समितिमा स्वयंसेवक परिचालन संयोजकको जिम्मेवारी पाउनुभएको छ । गौतम केन्द्रीय समितिमा गएपछि काठमाडौं क्लबको नेतृत्व कसले गर्ने भन्ने थियो तर केन्द्रीय समितिको निर्णयानुसार गौतमलाई नै काठमाडौंको जिम्मेवारी दिइयो अध्यक्ष पराजुलीले बताउनुभयो ।
स्क्राबल काठमाडौंलाई केन्दीय समितिको संरचना अनुसारै विस्तार गरेर यसलाई प्रभावकारी रूपले आफूले विस्तार गर्ने गौतमले बताउनुभयो । अन्य पदाधिकारी को टुंगो भने पछि हुने काठमाडौं क्लबको बैठकबाट टुंगो लाग्नेसमेत गौतमले स्पष्ट पार्नु भएको छ ।
उपाध्यक्ष, कोषाध्क्ष, सचिवलगायतको टुंगो आगामी बैठकबाट लाग्नेछ । नेपालमा आयोजना गरिएको चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताबाटबाट स्क्राबल के हो भन्ने चासो सबैमा बढेकाले सबै सामु लैजान अवश्य रहेको केन्द्रीय कोषाध्यक्ष पूर्णबहादुर राना बताउँनुहुन्छ । काठमाडौंका विद्यालयलाई स्क्राबल क्लबको सदस्य बनाई सबै स्कुलमा यसको पहुँच पु¥याउने काठमाडौंका अध्यक्ष गौतमले बताउनुभयो । ‘अब सदस्यता लिएका विद्यालयमा मात्र स्क्राबल खेल सिकाउने छौं’, उहाँले भन्नुभयो । स्क्राबल क्लबले विभिन्न जिल्लामा आफ्ना संयोजक तोकेको छ । देशका करिब ४० जिल्लामा स्क्राबल खेल पुगेको केन्द्रीय उपाध्यक्ष ध्रुव थापाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच