चितवन राष्ट्रिय निकुञ्ज जंगल सफारी [फोटोफिचर]

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अहिलेको मौसम हिमाली भेगमा हिउँ पर्दैछ , पहाड र तराइमा कतै हुस्सु लाग्ने त कतै शितलहरको बेला छ। सामान्यता माघ अन्तिम सम्मै देश भर तापक्रम न्युननै रहन्छ । जाडोले हाम्रो दैनिकजिवनमा पक्कै पनि असर गर्छ, हामी घर भित्र न्यानो भएर बस्छौ । यस्तो जाडो मौसममा जङ्गलमा बस्ने जनावर चराचुरुङ्गीहरु के गरिरहेका होलानरु यो अङ्कमा हामी चितवन राष्ट्रिय निकुञ्ज जाडोमा जनावर र चराचुरुङ्गी को दिनचर्या हेर्ने छौ ।

भर्खरै मात्र भरतपुर महानगरपालिकाले अङ्ग्रेजी नया वर्षलाइ भ्रमण वर्ष घोषणा गरेको छ । चिसो मौसममा धेरै जसो जनावरहरु घाम ताप्न बाहिर निस्कने भएकाले जाडो मौसमा पनि धेरै प्रजातिका चराचुरुंगी र जनावर हरु देखन सकिन्छ। तर जाडोमा बाह्य पर्यटकहरुको चहलपहल भने कम हुने गर्दछ । जाडो बिदामा विद्दालयको भ्रमण र बिधार्थीहरुको बिदा हुने भएकाले फ्याट फुट्ट आन्तरिक पर्यटकको चहलपहल भने सौराहा बजार तःथा निकुञ्ज क्षेत्र तिर कायमनै छ ।

निकुञ्ज को बिहानी घाम नलागी हुस्सुबाट सुरु हुन्छ। जाडोले घाम लागेको दिनमा घाम ताप्न जनावरहरु हिडिरहेको देख्न सक्छौ ।

नेपालको पहिलो चितवन राष्ट्रिय विश्वमै दुर्लभ वन्यजन्तुहरुको मुख्य बासस्थान क्षेत्र हो । चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रुपमा बि।सं।२०३० साल असोज ४ गते ९सन् १९७३ सेप्टेम्बर २०० स्थापना भएको हो । नेपालका विभिन्न स्थानका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटक पनि पुग्ने गर्दछन् । निकुञ्जको यसको क्षेत्रफल ९५२ दशमलब ६ वर्ग किमि रहेको छ । यसले चितवन, मकवानपुर, पर्सा र नवलपुर जिल्लाका केही भू–भागहरूलाई ओगटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालले ढाकेको छ ।

निकुञ्जमा गैंडा, पाटे बाघ,पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

तस्बिर : स्कन्द गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?