
काठमाडौं । अघिल्ला साताहरूमा निरन्तर घट्दोक्रममा रहेको सेयर बजार पहिलो दिन आइतबार भने दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४.४६ अंकमा पुगेको हो । साथै सेन्सेटिभ इण्डेक्स ०.७३ अंक, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंकले घटेको छ । खासगरी हाइड्रोपावर समूहको सेयर मूल्य उच्च अंकले बढेको हो ।
यस दिन तीन सय छ कम्पनीका एक करोड सात लाख ५१ हजार एक सय ६४ कित्ता सेयर तीन अर्ब ८३ करोड ८७ लाख ७६ हजार पाँच सय ८० रुपैयाँमा खरिदबिक्री भएका छन् । गत साताको बिहीबारको तुलनामा दैनिक कारोबार सात करोड ४२ लाख रुपैयाँले बढेको हो । कारोबारमा आएका समूहगत सूचक १३ मध्ये नौवटाको बढेको छ भने चारवटाको घटेको छ । होटल तथा पर्यटनमूलक, बैंकिङ उत्पादन तथा प्रशोधनमूलक र म्युचुअल फण्डको सूचक घटेकोमा होटलको सर्वाधिक १.८६ प्रतिशतले घटेको छ । जलविद्युत्को भने सर्वाधिक १.३३ प्रतिशतले बढेको छ भने अन्य १.३२ र विकास बैंक १.२२ प्रतिशतले बढेको छ । आइतबार एक सय ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको घटेको र नौ कम्पनीको स्थिर रहेको छ ।
हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ३३ करोड ५३ लाख ४५ हजार रुपैयाँ बराबरका पाँच लाख २१ हजार आठ सय ४३ कित्ता सेयर खरिदबिक्री भएका छन् भने ङादी ग्रुप पावरको पनि सर्वाधिक छ लाख ९० हजार एक सय २२ कित्ता सेयर २३ करोड ५३ लाख ७३ हजार रुपैयाँमा खरिदबिक्री भएका छन् । रिलायबल नेपाल लाइफको १७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको १४ करोड ३४ लाख रुपैयाँ तथा हाथवे इन्भेस्टमेन्टको १३ करोड २७ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से))ले जनाएको छ ।
मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युत् र सामलिङ पावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । मिड सोलुको प्रतिकित्ता ७५६.९०, मैलुङखोला ४४१.१० र सामलिङ पावरको ५८६.१० रुपैयाँ पुगेको छ । हाथवे इन्भेष्टमेन्ट ८.७३, माउण्टेन हाइड्रोपावर ७.९७, एसियन हाइड्रोपावर ६.८०, युनाइटेड मोदी हाइड्रोपावर ६.४६, बुद्धभूमि नेपाल हाइड्रोपावर ६.२३, समाज लघुवित्त ६.१० र सपोर्ट लघुवित्तको ५.८२ प्रतिशतले बढेको छ । तर, चन्द्रागिरि हिल्सको सर्वाधिक ९.८६ प्रतिशतले घटेको छ भने इन्फिनिटी लघुवित्त ६.४०, मनकामना स्मार्ट लघुवित्त ५.१९, उन्नति सहकार्य लघुवित्त ३.३७ र गणपति लघुवित्तको ३.१६ प्रतिशतले घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच