
काठमाडौं । सुजल फुड्स प्रालिले चोकोफन बिगफन नयाँ प्याकमा बजारमा ल्याएको छ । कम्पनीका अनुसार चोकोफन बिगफन चकलेटले भरिएको क्रिस्पी, क्रन्ची चारवटा तहबाट बनेको छ । त्यसमाथि भेनिल्ला स्टाइप्स हुने भएकाले स्वादले उपभोक्तालाई अधिक रमाइलो र आनन्द प्रदान गर्नेछ ।
चम्किलो रातो र सुनौलो रङमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङले उपभोक्ताको रुचि र प्राथमिकता सम्बोधन गर्ने कम्पनीको विश्वास छ । १५ ग्राममा उपलब्ध चोकोफन बिगफनको मूल्य १० रुपैयाँ रहेको छ ।
सुजल फुड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी पनि हो, कम्पनी आइएसओ २२०००ः२०१८ प्रमाणित रहेको छ । सुजल फुड्सले विगत ५० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको वेफर, बबलगम, ललिपप, टफी, क्याण्डीलगायत उत्पादन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच