
रियाद । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले आइतबार इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गर्नुभएको छ । साउदी राज्यको स्वामित्वमा रहेको ‘अल अरेबिया न्यूज च्यानल’का अनुसार उहाँले कायरोमा इजिप्टका समकक्षी समेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नु भएको हो । यस सन्दर्भमा दुवैले गाजापट्टीमा युद्धविराम तथा आवश्यक सहयोगको आहृवान गर्नु भएको थियो ।
अरब राष्ट्रहरूसँगै साउदी अरेबियाले पनि प्यालेस्टिनी जनताको रक्षा गर्न दबाब जारी राख्ने साउदी अधिकारीले बताएका छन् । गाजाको मानवीय स्थितिमा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) को फैसलालाई इजरायलले अस्वीकार गरेको सन्दर्भमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन इजरायलमा पनि समान लागू हुनुपर्ने कुरामा जोड दिनुभएको छ । शुक्रबार आईसीजेले इजरायललाई गाजापट्टीमा प्यालेस्टिनीविरुद्धको नरसंहार रोक्न सबै सम्भावित उपाय लागू गर्ने आदेश दिएको छ । अदालतका अनुसार यी आदेशहरू कानुनी रूपमा बाध्यकारी छन् ।
यद्यपि दक्षिण अफ्रिकाले पेश गरेको मुख्य अनुरोधमध्ये एक आग्रहलाई आइसीजेले इजरायललाई गाजामा सैन्य कारबाही स्थगित गर्न आदेश दिएको छैन । दक्षिण अफ्रिकाले पेश गरेको मुख्य अनुरोधमध्ये एक हो । हमासलाई सबै इजरायली बन्धकहरूलाई रिहा गर्न पनि आहृवान गरेको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच