काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुमदेखि सुकुटेसम्म दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड आयोजना गरेको छ । कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सिबिओ मृगेन बनर्जी र डिजिएम विक्रम पौडेलले गर्नुभएको थियो । २५ राइडरको सहभागिता रहेको राइडमा ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडर डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्पल पुगेका थिए ।
ओभर नाइट राइडमा एओजीका सदस्य डा. दिपककुमार दासले भन्नुभयो, ‘यस अपाचे ओनर्स ग्रुपले मलाई साथीमात्र नभई एउटा परिवार प्रदान गरेको छ । म आफैं अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु । आगामी दिनमा पनि यस्तै प्रकारका यात्रामा सहभागी हुन पाउने आशा गर्दछु ।’
कार्यक्रमको दोस्रो दिन आयोजित खेलकुद गतिविधिमा रेमनदास श्रेष्ठले होस्ट÷अभिनेता÷भिजे विजेतालाई पुरस्कार वितरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच