खप्तडसहित सुदूर पहाडका हिमाली भू-भागमा हिमपात

खप्तडको झिग्राना क्षेत्रमा परेको हिमपात । तस्वीरः दीपक बहादुर खड्का

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । खप्तडसहित सुदूर पहाडका हिमाली भू-भागमा हिमपात सुरु भएको छ । खप्तड क्षेत्रमा तीन फिट हिउँ परेको छ । खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको बताउनुभयो । उहाँले खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको बताउनु भयो । अहिले पनि खप्तड क्षेत्रमा हिमपात जारी रहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, बझाङलगायतका हिमाली भू-भागमा हिमपात सुरु भएको हो ।

बाजुरा प्रहरीका अनुसार उच्च हिमाली भू-भागहरूमा वर्षासँग हिमपात हुँदैछ । जिल्लामा पाँच महिनापछि हिमपात सुरु भएको हो । बुधवार रातिदेखि जिल्लामा वर्षासँग उच्च क्षेत्रमा हिउँ पर्न थालेको बाजुरा प्रहरीले बताएको छ । वर्षा र हिमपातका कारण ग्रामीण क्षेत्रका सडकसमेत अवरुद्ध हुन थालेका छन् । सुदूर पहाडमा हिमपात सुरुभएसँग चिसो बढेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?