काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जीतपुर सिमरा १ पथलैयास्थित ज्येष्ठ नागरिक सम्मान वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ ।
ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको ज्येष्ठ नागरिक सम्मान वृद्धाश्रमलाई सिटिजन्सले करिब तीन महिना पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामग्रीलगायत प्रदान गरेको हो ।
वृद्धाश्रममा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।