
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुललाई दोस्रो स्थानको आर्सनलले हराएको छ ।गएराति भएको खेलमा घरेलु टोली आर्सनलले लिभरपुरलाई ३–१ गोलले हराएको हो ।
आर्सनलको जितमा बुकायो साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे । खेलको १४औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर लिभरपुलका लुइज डियाजको क्रस आर्सनल डिफेन्डर गाब्रिएल माघालेसले आफ्नै जालिमा हालेपछि लिभरपुलले खेलमा बराबरी गोल गर्यो ।
६७औं मिनेटमा मार्टीनेलीले गोल गरे । इन्ज्युरी समयको दोस्रो मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनलको जित निश्चित गरेका थिए ।
अङ्क तालिकामा लिभरपुल २३ खेलमा ५१ अङ्कसहित शीर्ष स्थानमा कायम नै छ । दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अङ्क छ । जितपछि आर्सनलले शीर्ष स्थानको दूरी भने घटाएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच