
देशले अनेकौं कुराको चाहना गरिरहेको छ तर चाहना गरेको कुरा पाएरहेको छैन । यसको प्रमुख कारण हो शासनमा स्थिरता नहुनु । हाम्रो देश शान्त छ, सुन्दर छ र विशाल छ भनेर साहित्यकारहरूले भन्दै आएका छन् तर पछिल्लो समयमा उनीहरूले भनेजस्तो अवस्था कायम रहिरहन सकेको छैन । शान्त देश पछिल्लो चरणमा अशान्त भयो । माओवादी सशस्त्र विद्रोहका ज्वालामा देश लपेटियो । त्यसबेला भएको क्षतिको पूर्ति अझै केही दशकसम्म हुनसक्ने अवस्था छैन । देशको सुन्दरता भने कायम छ तर यसको बिग्रँदो अवस्थामा नियन्त्रण नगर्ने हो भने केही वर्षपछि त्यो सुन्दर तापनि कायम रहला नरहला भन्न सकिँदैन । देश सानो छ विशाल त होइन नि किन विशाल भनेको ? भनेर सोध्दा लक्ष्मीप्रसाद देवकोटाले भावनाले सानो र ठूलो हुने हो आकारले होइन भनेर आफ्नो विचार संप्रेषण गर्नुभएको थियो ।
अब हाम्रा केही नेताहरूको भावनामा देशको विशालता कायम रहिरहन सकेको छैन । देशलाई आघात पुर्याएर विदेशभक्ति र जसरी भए पनि कमाउ धन्दामा लिप्त भएका अनेकौं घटना छिटोछिटो सतहमा आउने गरेका छन् । सबै पार्टीका सबै नेताहरू राजाको सक्रियताबाट आत्तिने गरेका छन् । यसको अर्थ जनताले उहाँहरूलाई तासको घरमा उभिएका नेताका रूपमा र राज्यप्रणालीलाई तासको घरमा रूपान्तरण गरेर हेर्ने गरेका छन् । राजतन्त्र फालेको डेढ दशक भइसकेको छ । तत्कालीन राजा अब नागरिक बनिसकेका छन् । राजपरिवारका केही सदस्यहरूले जिल्ला प्रशासन कार्यालयबाट आमनागरिकले जसरी नै नागरिकताको प्रमाणपत्र लिइसकेका छन् । तर, अझै पूर्वराजा र राजतन्त्रको छायाँबाटै आत्तिएर हत्तपत्त आफ्नो प्रतिक्रिया दिन नेताहरू अग्रसर बन्ने गरेका छन् । यसबाट नेतृत्व र नेतृत्वमा रहेका दलहरूलाई समेत न आत्मविश्वास छ न प्रणालीप्रति भरोसा छ भन्ने प्रष्ट हुन्छ ।
यस अर्थमा प्रणाली जोगाउनमात्रै नेताहरूको ध्यान जाने गरेका कारण अन्य क्षेत्रहरू ओझेलमा परेका छन् भनेर बुझ्नुपर्ने हुन्छ । बेलाबेलामा नेताहरूले पूर्वराजालाई चुनौती दिँदै लल्कार्ने गरेका छन् । सक्ने भए वा देश चलाउने भए नेता बन्नुहोस् र चुनाव जितेर आउनुहोस् भनेर चुनौती दिने गरेका छन् । यसो भन्ने नेताहरू आफू चाहिँ जनताको ज्यादै प्यारो नेता भएका कारण त्यही लोकप्रीयताका कारण विजयी बनेर आएको हुँ, राजा नेता बनेर उठे भने जित्न सक्दैनन् किनभने त्यो त मिल्काइएको टालो हो भन्ने भावनाले यसो भनेका भए त्यो सही नहुन सक्छ । पार्टीका नेताहरूले चुनौती दिएनुसार राजाले पार्टी खोलेर राजनीतिमा आउने हो भने उहाँले चाहिँ चुनाव जित्न सक्नुहुन्न भनेर प्रत्याभूति दिने आधार कोहीसँग छैन ।
देश विकास गर्ने, देशका पर्यटकहरू सकेसम्म भित्र्याएर राष्ट्रको आर्थिक उन्नति गर्ने, देहमा भएका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको प्रचारप्रसार गरी तीबाट पनि आयआर्जन गर्ने भन्नेतर्फ नेतृत्वको ध्यान पुग्न सकेको छैन । ध्यान भने सत्ताको पालोतर्फ मात्र छ । यस्तो मानसिकताले देश बन्न सक्दैन । पार्टीका नेताहरूको यस्तो सोचकै कारण राजावादीहरूको संख्या बढिरहेको छ र उनीहरूका गतिविधिमा तीव्रता आइरहेको छ । यसतर्फ नेताहरूले हेक्का राख्नैपर्छ । कर्मचारी तन्त्र र प्रहरी प्रशासनमा पनि अनुशासनहीनता मौलाउँदै गएको छ । हालै त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी र अध्यागमन विभागका कर्मचारीबीच भएको कुटाकुट गर्नेलाई भन्दा हेर्नेलाई लाज हुने खालको घटना हो । सुरक्षाको जिम्मा लिएर बसेको प्रहरी प्रशानले जेजस्तो अवस्थामा पनि सम्यमता अपनाउनुपथ्र्यो तर त्यसो हुन सकेन ।
एकछिनको आवेशले गर्दा केहीले जागिरबाटै हात धुनुपरेको छ भने केहीले नसियत पाएका छन् । सामान्य जनताले बुझ्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने प्रहरी र कर्मचारीको कमाइ अरूको भन्दा निकै राम्रो हुन्छ । यो कमाउने ठाउँ हो र यहाँ जागिर खान जान निकै ठूलो प्रयास गर्नुपर्छ । अझै भन्ने नै हो भने यहाँ त भाग्यले मात्र पुग्न पाइन्छ । तर, त्यहाँ पनि कमाउ अभियनका अवसर पाएको र नपाएको अथवा कम पाएको भन्ने जस्ता भावना र कुण्ठा रहने गरेका रहेछन् । यो कुरा अध्यागमन र प्रहरीबीच रहेको तुषले प्रष्ट पारेको छ ।
यही भावनात्मक तुषबाहिर प्रकट भएपछि त्यसले यस्तो रूप लिएको हो । नहुनेलाई दुई छाक टार्न पाएहुन्थ्यो भन्ने छ तर कमाउनेहरूलाई त्यत्तिले मात्र पुगेको छैन र अर्काको जति आपूmले कमाउन सकेको छैन भन्ने असन्तुष्टिले गर्दा त्यसको व्यवस्थापन गर्न नसक्दाको अवस्थाले आफ्नै जागिर र छोराछोरीको भविष्यसमेत धरापमा पर्ने गरेको यो एउटा उदाहरण बनेर आएको छ । त्यसकारण धैर्य, सम्यमता, सन्तुष्टि अपनाउन नसक्ने हो भने यसरी प्रहरी, निजामती कर्मचारमात्रै होइन बेलाबेलामा राजनीतिक व्यक्तिहरूले समेत आफ्नो पदबाट हात धुन पुगेका छन् । यस्ता कुरालाई व्यवस्थापन गर्न सकिएन भने यस्ता अझै ठूला दुर्घटना आउन सक्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच