
काठमाडौं । महाकवि देवकोटा मेमोरियल स्कुलका विक्रम विष्ट र माउण्ट ग्लोरीकी पूजा विकले एन प्याब्सन खेलकुद सप्ताहको एथलेटिक्सतर्फ एक सय मिटर दौडमा स्वर्ण जित्नुभएको छ । विक्रम ब्वाइज तथा पूजा गल्र्समा पहिलो हुनुभएको हो ।
एन प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा अभिषेक ज्ञान मन्दिर (एजिएम) का ईश्वर बुढा दोस्रो तथा ज्ञानभूमिका तिलकलाल श्रेष्ठ तेस्रो हुनुभयो । गल्र्समा अर्किडकी सेविका बस्नेतले रजत तथा अर्किडकै सिर्जना जैसीले कांस्य जित्नुभयो । सिनामंगलस्थित एजिएममा भएको दुई सय मिटर दौडको ब्वाइजमा वीरसेवाका ओर्निक्स विक पहिलो, महाकवि देवकोटाका विक्रम विष्ट दोस्रो र भीमेश्वर एकेडेमीका कस्विन ढुंगेल तेस्रो हुनुभयो । उक्त स्पर्धाको गल्र्समा पिपुल्स एकेडेमीकी अञ्जु थापाले स्वर्ण, गणेश हिमालकी पूर्णिमा तामाङले रजत र अर्किडकी सिर्जना जैसीले कांस्य जित्नुभयो ।
सटपुटको ब्वाइजमा आरुणीका लक्ष्मण बस्नेत पहिलो, एलिजेन्ट पलका निर्मल कठायत दोस्रो र ज्ञानभूमिका विक्रान्त रोका मगर तेस्रो बन्नुभयो । सो स्पर्धाको गल्र्समा ज्ञानभूमिकी जिसिन्थ राई प्रथम, युनिभर्सलकी सुप्रिया गुरुङ द्वितीय र माइलस्टोनकी कृष्ताशना तामाङ तृतीय हुनुभयो ।
टग वारमा मिलन धर्मस्थलीले दोहोरो उपाधि जित्यो । मिलन धर्मस्थली ब्वाइज/गल्र्स दुवैमा उपाधि जित्न सफल भयो । ब्वाइज÷गल्र्स दुवैमा माइलस्टोन उपविजेता बन्यो । ब्वाइजमा भीमेश्वर तथा गल्र्समा काठमाडौं सेन्ट्रलले तेस्रो स्थानमा चित्त बुझायो ।
विभिन्न पाँच खेल समावेश खेलकुद सप्ताहअन्तर्गत तीन खेलको प्रतिस्पर्धा सम्पन्न भएको छ । ब्वाइज फुटसल र ब्वाइज बास्केटबल हुन बाँकी छ । फुटसल सोमबारदेखि कपनस्थित दीक्षालय फाउण्डेसन नेपालमा हुनेछ । ४८ टिमले नक आउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच