भोजपुर र उदयपुर जोड्ने चुहार पुलको निर्माण कार्य चाँडै सक्न मन्त्री किराँतीको निर्देशन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । हतुवागढी गाउँपालिका वडा नम्वर ९ हसनपुर र वेलका नगरपालिका वडा नम्वर ७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भईरहेको पुलको निर्माण कार्य आगामी दशैंसम्ममा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किराँतीले निर्देशन दिनु भएको छ ।

मंगलवार मन्त्रालयमा पुलका बिषयमा सरोकारवाला निकायका प्रतिनिधीहरुसँग छलफल गर्दे मन्त्री किराँतीले निर्माण कार्यमा तिव्रता दिन दवाब दिनु भएको हो । मन्त्री किरातीले निर्माण कम्पनी कालिका कन्ट्रक्सन र एस वि विल्डर्स जेभीका सञ्चालक ठाकुर कडेललाई मन्त्रालयमा बोलाएर समयमा नै पुल निर्माढा कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

चुहार पुललाई भोजपुरको दक्षिणी भेगबाट तराईका जिल्ला जोडने महत्वपूर्ण गौरवको योजनाकारुपमा लिइन्छ । पुलको डिजाइनमा नै समस्या आएपछि काममा ढिलाई हुन गएको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणका बिषयमा प्रादेशिक सडक पूर्वाधार महाशाखा कोशी प्रदेशका निर्देशक रविचन्द्र पञ्जीयारले एक हप्ता भित्र सम्पूर्ण बाधा फुकाउने मन्त्री किरातीलाई प्रतिवद्धता जनाउनु भएको छ ।

आगामी दशैँसम्ममा सञ्चालन हुने गरी पुलको निर्माण कार्य थाल्न निर्माण कम्पनी र पुल महाशाखाका निर्देशकलाई निर्देशन दिदै मन्त्री किरातीले अप्ठ्याराहरुका बिषयमा सहजीकरण गरिने बताउनु भएको छ ।

निकै लामो समयअघिबाट प्राबिधिक समस्याका कारण रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण कार्य नियमित हुन सकिरहेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?