किक लाइफस्टाइलको सब–ब्राण्ड नेक्साका ३ उत्पादन सार्वजनिक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौँ । नेपालमा सबैभन्दा चाँडो वृद्धि भईरहेको टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरु सार्वजनिक गरेको छ ।

१९ वर्षीय नेपाली उद्यमी कुमुद बेगवानीद्वारा गत श्रावण २ मा स्थापित किक लाइफस्टाइल दराजमा ३,००० भन्दा माथि मुल्यका इयरबडहरु बिक्री गर्ने अग्रणी ब्राण्ड बन्न सफल भएको छ । जुन राष्ट्रिय प्रविधि उद्योगको लागि उल्लेखनीय उपलब्धी हो ।

नवीन प्रविधि प्रदान गरेकोले किकले नेपाली बजामा गुणस्तरीय उत्पादनहरुको पोर्टफोलियोले विश्व मन्चमा नेपालको नाम राखेको छ । नेक्साको आगमनले यो यात्रालाई अझै उचाइ दिने विश्वास कम्पनीले गरेको छ ।

कम्पनीले एउटा स्मार्टवाच र २ वटा इयरबडहरु गरी ३ वटा उत्पादनहरु सार्वजनिक गरेको हो । नेक्सा नेबुला एमोलेड स्मार्ट वाच प्रिमियम एमोलेड स्मार्ट वाच हो । यसको २.०१ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसमा एस्पिओ २ मोनिटरिङ्ग, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्टस मोड लगायत अन्य थुप्रै आवश्यक हेल्थ फिचरहरु राखिएको छ ।

जिन्क एलोय मेटलबाट बनाइएको हुँदा यो टिकाउ हुनुको साथै आइपी ६७ डस्ट र वाटर रेसिस्ट्यान्स भएको हुँदा धुलो र पानी प्रतिरोधी रहेको पनि कम्पनीले जानकारी दिएको छ । यी सबै सुविधायुक्त नेक्सा नेबुला एमोलेड स्मार्टवाच मात्र रु.३,१९९ मा उपलब्ध छ ।

त्यस्तै नेक्सा बड्स एक्स टेन एएनसिमा ३० डिबिको एक्टिभ नोइज क्यान्सलेसन भएको हुँदा बिना कुनै अवरोध आफ्नो मन पर्ने संगीतको आनन्द लिन सकिन्छ । यसको मुल्य रू.२,१९९ राखिएको छ । त्यस्तै नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएस्को लो ल्याटेन्सी मोड भएको हुँदा गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्स्मिसनको अनुभव लिन सकिन्छ । यसको मुल्य रू.१,८९९ रहेको छ ।

यी उत्पादनहरुको लन्चले सुपथ मुल्यमा गुणस्तरीय र नविन प्रविधियुक्त उत्पादनहरु उपलब्ध गराउने किक र यसको सब–ब्रान्ड नेक्साको प्रतिबद्धतालाई प्रष्ट पारेको छ । नेपालको टेक उद्योग फस्टाउँदै गर्दा यस्ता ब्राण्डहरुको आगमनले ग्राहकहरुको आवश्यकता पूरा गर्ने र विश्व बजारमा नेपालको पहिचान रहने विश्वास गरिन्छ ।

नवीन प्रविधियुक्त नयाँँ उत्पादन लन्चमार्फत ग्राहक सन्तुष्टि प्रदान गर्दै किक लाइफस्टाइल र नेक्सा नेपालको टेक ल्यान्डस्केपको भविष्यलाई आकार दिन तयार रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?