
वासिंटन । अमेरिकी लेखिका मारिअन विलियम्सनले आफ्नो सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अभियान अन्त्य गर्नुभएको छ । डेमोक्र्याट सांसद विलियम्सनले युट्युब भिडियोमार्फत् आफ्नो पछिल्लो धारणा व्यक्त गर्दै भन्नुभएको छ, ‘राष्ट्रपतिका लागि मेरो अभियान स्थगित गर्ने समय आएको छ ।’
विलियम्सनको बहिर्गमनसँगै अमेरिकी सांसद डिन फिलिप्स डेमोक्र्याटिक पार्टीको तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेनका लागि एकमात्र प्रतिद्वन्द्वी बन्नुभएको छ । उहाँले न्यू हृयाम्पसायर र नेभाडा प्राइमरीमा सहज जित हासिल गरिसक्नुभएको छ । अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको आयोवा ककस र न्यू हृयाम्पसायरको प्राइमरीमा विजय हासिल गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिको प्राइमरी निर्वाचन जुन महिनासम्म चल्नेछ । डेलिगेट्सले आधिकारिक रूपमा पार्टीको राष्ट्रपति पदका उम्मेदवार चयन गर्ने रिपब्लिकन नेशनल कन्भेन्सन जुलाईमा हुनेछ भने डेमोक्रेटिक नेशनल कन्भेन्सन अगष्टमा हुनेछ । दुवै दलबाट निर्वाचित नेता सन् २०२४ नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि योग्य हुनेछन् । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच