
काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार अनामनगरस्थित सिटी मन्टेश्वरीका शिक्षिका तथा कर्मचारीबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा फाइनान्सका नायब प्र्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले उपस्थित ३१ जनाको समूहलाई बैंकिङ प्रणालीको आवश्यकता र महत्वपूर्ण प्रकाश पार्नुका साथै बचत गर्ने बानी विकास, महत्व, बैंकिङ प्रणालीबाट प्रदान हुने सुविधा र बैंकिङ सेवा लिन प्रोत्साहन प्रदान गर्नुभएको थियो ।
सिटी मन्टेश्वरीकी पिन्सिपल पुष्पा रिजालले शिक्षक तथा कर्मचारीबीच राखिएको कार्यक्रमले बैंकिङ चेतना विकास गरेको भन्दै कम्पनीलाई धन्यवाद दिनुभएको थियो ।
कम्पनीले हाल १३ शाखामार्फत् आरटिजिएस आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायत डिजिटल बैंकिङ सेवासमेत प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच