नेपाललाई आठौँ सफलता

हिमालय टाइम्स
Read Time = 2 mins

नेपालका बलरले क्यानडाविरुद्ध लगातार विकेट लिएका छन् । ९४ रनमा १ विकेट गुमाएको क्यानडा २३९ रन बनाउँदा ८ विकेट गुमाएको छ ।

क्यानडालाई ओपनर आरोन जोनसन र नभनीत धलिवालले क्यानडालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । ९४ रनमा पहिलो विकेट गुमाएको क्यानडाका ब्याटरले दोस्रो विकेटका लागि ३२ र तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । त्यसपछि भने क्याडनाले राम्रो साझेदारी गर्न सकेको छैन ।

क्यानडाले लगातार विकेट गुमाउँदै आएको छ । १७९ रनमा ३ विकेट गुमाएको क्यानडाले २१६ रन बनाउँदा ७ विकेट गुमाएको छ ।

नेपालका कप्तान रोहित पौडेलले खेलका ३२ औं ओभरमा दुई सफलता दिलाएका थिए । उनले निकोलस किर्टोन र परगत सिंहको अर्धशतकीय साझेदारीलाई ब्रेक गरेका थिए । त्यसपछि ३५ औं ओभरमा सूर्य तामाङले विकेट लिदैं नेपाललाई पाचौं सफलता दिलाएका थिए ।

खेलको ३९ र ४१ औं ओभरमा कुशल मल्लले १–१ विकेट लिँदा नेपाललाई सातौं सफलता मिलेको हो । आठौं विकेट पवनले लिए । आकाश चन्दले क्याडनाविरुद्ध डेब्यु विकेट लिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?