ओखलढुंगा । ओखलढुंगा जिल्लाको मोलुङ्ग गाउँपालिकामा स्कारपियो दुर्घटना हुँदा चालकको घट्नास्थलमा मृत्यु भएको छ ।
मोरङ जिल्लाको पथरी नगरपालिका निवासी चालक गणेश रसाईलीको मृत्यु भएको हो । मोलुङ्ग हाइड्रोपावर कम्पनीका कर्मचारी चढेको स्कारपियो मोलुङ्ग ५ स्थित ओखरबोट सडक खण्डमा दुर्घटना भएको छ ।
बिहिबार दिउँसो करिब १ बजेको समयमा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । तेह्रथुम जिल्लाको मेन्छ्याम गाउँपालिका ५ का ३२ वर्षीय यज्ञ बहादुर निरौला, भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय मित्रलाल भुर्तेल, सिन्धुलीका ४५ वर्षीय सन्देश कार्की, सुनसरीको रामधुनी नगरपालिका ४ का ३२ वर्षीय अर्जुन दाहाल र मोलुङ्ग ५ का कुमार कार्की घाइते भएका छन् ।
गम्भिर घाइते भएका ३ जनालाई उपचारका लागि हेलीकप्टर मार्फत काठमाण्डौको ह्याम्स अस्पतालमा लगिएको छ । मित्रलाल भुर्तेल, सन्देश कार्की र कुमार कार्कीलाई उपचारको लागि काठमाण्डौ लगिएको प्रहरीले जानकारी दिएको छ । दुइजना घाइतेलाई सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचार भईरहेको छ ।
बा २० च ४८३२ नम्बरको स्कारपियो प्राप्चाबाट खोलाखर्क तर्फ आउदै गर्दा टर्निङमा अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । दुर्घटना सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच