काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले तीन पूर्वसचिव र अध्यागमन विभागका प्रमुख तामाङसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।
अख्तियारले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहने पूर्वसचिव उपाध्यायविरुद् भ्रष्टाचार मुद्दा चलाएको छ।
काठमाडाैं । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ ।
आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बताउनु भयो । उहाँले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताउनु भयो । उहाँले मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने बताउनु भयो ।
काठमाडौं । बालकुमारी घटनामा दोषी रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ ।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले विरोध जनाएको हो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा जानु भई पूजा, अर्चना गर्नुभएको छ । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी हुनुभएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गर्नुभयो । साथै उहाँले शालीनदीमा जल अभिषेक गर्नुभयो । उहाँले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गर्नुभयो ।
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने कि नगर्ने भनि प्रधानमन्त्री पुष्पकमल दाहललाई प्रश्न गर्नुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आजकै बैठकमा प्रधानमन्त्री दाहालले त्यस प्रश्नको जवाफ दिनुपर्ने मागसमेत गर्नुभयो । सभापति लामिछानेलेसो घटनामा दोषी करार मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा नदिएको, प्रधानमन्त्री दाहालले समेत चुइँक्क नबोलेकोमा आपत्ति जनाउँदै अब प्रधानमन्त्रीले सुशासनको भाषण गर्दै हिँड्ने नैतिकतासमेत गुमाएको जिकिर गर्नुभयो ।
काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले आफूहरु सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ? भनि पार्टी नेतृत्वलाई प्रश्न गर्नुभएको छ ।
जिल्ला जिल्लामा पार्टीका साथीहरुले आफूलाई सो प्रश्न गर्ने गरेको उल्लेख गर्दै त्यसको जवाफ दिनेगरी पार्टीको महासमिति बैठकमा प्रश्तुत हुन पनि उहाँले नेताहरुलाई आग्रह गर्नुभयो । काँग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी सोमवार (भोलि)बाट शुरु हुने महासमिति बैठकमा गम्भिर रुपमा छलफल हुनपर्ने नेता कोईरालाको भनाई थियो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र सरकारले आर्थिक स्थायित्व एवं आन्तरिक रोजगारी सिर्जना हुनेगरी काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
मुलुकको अर्थतन्त्रका विद्यमान समस्या, बेरोजगारी, युवा पलायनका साथै चुरेको विनाशका बारेमा सांसद किरणकुमार शाहले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले अहिले अर्थतन्त्रका प्रायःसूचकहरु सकारात्मक रहे पनि केही क्षेत्रमा अझै चाप रहेको संसद्लाई जानकारी गराउनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशको नामाकरण्को विषयलाई प्रमुख एजेण्डाको रुपमा समावेश गर्न १४ जिल्ला सभापतिहरुले माग गरेका छन् ।
भोलिबाट कांग्रेसको महासमिति बैठक सुरु हुने भएको छ ।
कोशी प्रदेशका १४ जिल्ला सभापतिले आइतबार एक विज्ञप्ति जारी गर्दै महासमितिमा नामाकरणको मुद्दालाई प्रमुख एजेण्डा बनाउन माग गरेका हुन् ।
कोशी नामकरण सम्बन्धमा पुनर्विचार गर्न आग्रहसहितको प्रेस विज्ञप्ति र प्रदेश सरकारले वार्ता टोली गठन गरी सम्बन्धित पक्षलाई वार्ताको आव्हान गरिसकेको अवस्थामा महासमिति बैठकमा मुख्य एजेण्डाको रुपमा विषय प्रवेश गराउन अनुरोधसहित संयुक्त विज्ञप्तिमार्फत् नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश नहुने स्पष्ट पार्नुभएको छ ।
सोमबारदेखि सुरु हुने महासमिति बैठकको तयारी बारे जानकारीका लागि आयोजित पत्रकार सम्मेलनमा हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश भएर नआउने उहाँले दाबी गर्नुभयो ।
‘हाम्रो पार्टी जातीय पार्टी होइन, क्षेत्रीय पार्टी होइन, धार्मिक, साम्प्रदायीक पार्टी होइन । राष्ट्रिय पार्टीमा यी सबै आकांक्षाहरु समेट्नुपर्ने हुन्छ,’ विश्वकर्माले भन्नुभयो, ‘केन्द्रीय समितिमा बोल्नु भएको छ । महासमिति बैठकमा पनि बोल्नुहुन्छ । बोल्न त पाउनु प-यो नि । विचार व्यक्त हुनसक्छन् । आधिकारिता पाउँदैनन् ।’
कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको टिप्पणी गर्नुभएको छ ।
कैलालीको सुख्खडमा आयोजित एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचारमा आफ्नै मान्छे पर्न थालेपछि सरकार नियन्त्रणमा चुकेको बताउनु भयो । अध्यक्ष ओलीले १ वर्षे प्रचण्ड नेतृत्वको सरकारले जनमुखी काम गर्न नसकेको भन्दै एमाले नेतृत्व बिना देश उधो गतिमा लाग्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले सरकार सुन तस्करी प्रकरणमा आफैँ डुबेको आरोप लगाउनुभयो । सुन तस्करी नियन्त्रणका नाममा आफ्ना मान्छे जोगाउने खेलमा सरकार रहेको उहाँले बताउनुभयो । सुन काण्ड, ललिता निवास जग्गा प्रकरण, बाँसवारी जुत्ता कारखाना लगायतमा आफ्ना मान्छे फस्ने देखिएपछि सेटिङमा उनीहरुलाई जोगाउन सरकारनै लागेको उहाँले बताउनुभयो ।
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।
आईतवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकरुको विद्युत महशुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको बताउनु भयो ।
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता शर्माले भन्नुभयो,“ सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरुको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय भएको छ ।”
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक बिश्वासको मत पाउनु भएको छ ।
आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन् । विपक्षमा कुल ३५ सांसद पुगेका छन् । दोस्रो पटक सम्म विश्वासको मत लिँदै गर्दा मुख्यमन्त्रीलाई प्रदेशसभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोहि पनि थिएनन् ।
गठबन्धन आवद्व ९ दल मध्ये जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले एक वर्षे कार्यकालमा आइतवार तेस्रो पटक विश्वासको मत लिनु भएको हो ।
काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ ।
मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ए ४ विकटेले पराजित भयो ।
क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले ४ विकेटको हार ब्यहोरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच