काठमाडौं । अघिल्लो सातादेखि नै घट्दोक्रममा रहेको सेयर बजार यस साताको तेस्रो दिन मंगलबार पनि १.७६ अंकले घटेर २०३३.०६ अंकमा झरेको हो । यस दिन कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये पाँचवटाको बढेको छ भने आठवटाको घटेको छ । अन्यको सूचक १.१० प्रतिशत र लघुवित्तको इण्डेक्स ०.७४ प्रतिशतले घटेको हो । मंगलबार तीन सय १४ कम्पनीका ९३ लाख ४२ हजार पाँच सय ४६ कित्ता सेयर तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार नौ सय ७८ रुपैयाँमा खरिदबिक्री भएको छ । आइतबार तीन सय १५ कम्पनीका एक करोड सात लाख ७२ हजार चार सय ८३ कित्ता सेयर तीन अर्ब ७७ करोड ५४ लाख रुपैयाँमा खरिदबिक्री भएका थिए ।
नेप्सेसँगै कारोबार रकम पनि ६६ करोड १९ लाख रुपैयाँले घटेको छ । कारोबारमा आएका तीन सय १४ कम्पनीमध्ये एक सय २२ वटाको बढेको छ भने एक सय ७२ वटाको घटेको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबारका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सका ३१ करोड ७३ लाख ७० हजार रुपैयाँका चार लाख ९३ हजार ९३ कित्ता सेयर खरिदबिक्री भएका छन् भने साना किसान विकास लघुवित्तको संस्थापक सेयर १२ करोड ४० लाख, जोशी हाइड्रोपावरको आठ करोड २० लाख, ङादी ग्रुप पावरको छ करोड चार लाख, दोर्दीखोला जलविद्युत्को पाँच करोड ५९ लाखभन्दा बढीको कारोबार भएको छ ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को ८.२७, पिपुल्स हाइड्रोपावर ७.९२, हिमालयन रि इन्स्योरेन्स ४.७९, दोर्दीखोला जलविद्युत् ४.६५, इङ्वा हाइड्रोपावर ४.५२, भिजन लुम्बिनी ऊर्जा कम्पनी ४.१५, ८.५ प्रतिशत, बिओके डिबेञ्चर २०८६ को ३.९८ र चिरख्वा हाइड्रोपावरको ३.५८ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावरको सेयर मूल्य १०, किसान लघुवित्त ७.७९, खानीखोला हाइड्रोपावर ४.८३, आशा लघुवित्त ४.५७ र सालिङ्ग पावर कम्पनीको ४.२५ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटेसँगै मंगलबारको कुल बजार पुँजीकरण घटेर ३१ खर्ब ९५ अर्ब ७९ करोड ६७ लाख ८१ हजार रुपैयाँमा झरेको छ । आइतबार बजार पुँजीकरण ३१ खर्ब ९८ अर्ब ५६ करोड ९८ लाख थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच