काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिना अर्थात् साउनदेखि माघसम्म झण्डै नौ खर्ब अर्थात् आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ तर सोही अवधिमा नेपालबाट भने ८६ अर्ब ८३ करोड रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि माघसम्मको तथ्यांकअनुसार नेपालको व्यापारघाटा आठ खर्ब ११ अर्ब पुगेको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी डिजेल ७७ अर्ब ४१ करोड ९८ लाख १९ हजार रुपैयाँ बराबरको सात लाख २९ हजार सात सय ५२ किलोलिटर आयात भएको छ । त्यस्तै, सोही अवधिमा ३८ अर्ब ८२ करोड ६३ लाख १६ हजार रुपैयाँ बराबरको तीन लाख ९१ हजार चार सय ४७ किलोलिटर पेट्रोल आयात भएको छ भने ३० अर्ब ३१ करोड २४ लाख १७ हजार रुपैयाँ बराबरको २९ करोड ८९ लाख ७५ हजार दुर्ई सय २२ केजी एलपी ग्याँस आयात भएको छ ।
सात महिनामा आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ भने ८६ अर्ब ८३ करोडको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ ।
सबैभन्दा बढी आयात हुने वस्तुको सूचीको चौथो स्थानमा कच्चा फलामजन्य वस्तु २२ अर्ब ६६ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरको चार खर्ब ६९ अर्ब ९८ करोड २६ लाख ३७ लाख केजी आयात भएको छ । पाँचौँ स्थानमा रोल आइरन २१ अर्ब ६१ करोड छ लाख ६७ हजार रुपैयाँ बराबरको २५ करोड दुई लाख ६१ हजार सात सय ६८ केजी आयात भएको छ । आयातमा छैटौँ स्थानमा रहेको मोबाइल १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँ बराबरको ११ लाख २६ हजार सात सय ४७ थान आयात भएको छ । सातौँ स्थानमा औषधिजन्य उत्पादन १६ अर्ब १२ करोड ७० लाख ५९ हजार रुपैयाँ बराबरको ८४ लाख २५ हजार १९ केजी आयात भएको छ भने आठौँ स्थानमा रहेको कोइलाजन्य वस्तु १२ अर्ब ९५ करोड ७० लाख ४१ हजार रुपैयाँ बराबरको ७४ करोड ८८ लाख ५५ हजार एक सय ४० केजी आयात भएको छ । १०औँ स्थानमा रहेको हवाई इन्धन ११ अर्ब ९८ करोड ४० लाख २० हजार रुपैयाँ बराबरको एक लाख १० हजार सय किलोलिटर आयात भएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालले १० वस्तुको निर्यातबाट ३३ अर्ब ३० करोड ९८ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । जसमा सबैभन्दा धेरै दुई लाख ४४ हजार ५९ स्क्वायर मिटर कार्पेट छ अर्ब सात करोड ५८ लाख ५१ हजारको निर्यात भएको छ भने दोस्रोमा रहेको अलैंची चार अर्ब ४४ करोड ३५ लाख २७ हजार रुपैयाँ बराबरको ३१ लाख ८३ हजार पाँच सय ६० केजी निर्यात भएको छ ।
तेस्रो स्थानमा जस्ताको पाता र रोल्ड आइरन चार अर्ब २१ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको तीन करोड २८ लाख छ हजार दुई सय ८९ केजी आयात भएको छ भने चौथो स्थानमा रहेको पाम तेल सात करोड ९२ लाख ६० हजार तीन सय ४८ लिटर तीन अर्ब १५ करोड ८२ लाख ८६ हजार रुपैयाँमा निर्यात भएको छ । पाँचौँ स्थानमा रहेको फलफूल जुस तीन अर्ब तीन करोड पाँच लाख ४५ हजार रुपैयाँ बराबरको तीन करोड ३१ लाख ६४ हजार तीन सय ११ लिटर निर्यात भएको छ भने छैटौँ स्थानमा पाता र रोल्ड आइरन १९ अर्ब ९४ करोड ७७ लाख ८३ हजार रुपैयाँ बराबरको दुई अर्ब ७५ करोड ३२ लाख ४५ हजारको निर्यात भएको छ । सातौँ ठूलो निर्यात प्रिगिनेन्सी किट नौ लाख छ हजार चार सय २५ केजी दुई अर्ब ५७ करोड ५८ लाख ८६ हजार रुपैयाँको निर्यात भएको छ भने आठौँ स्थानमा जुट दुई अर्ब ४८ करोड ८० लाख छ हजार रुपैयाँ बराबरको पाँच करोड ६८ लाख ६९ हजार छ सय ९७ स्क्वायर मिटर निर्यात भएको छ । नवौँ स्थानमा लेमिनेटेड प्लाई छ करोड ५२ लाख ४४ हजार सात सय ४० केजी निर्यात भएको छ भने १०औँ स्थानमा रहेको पोलिस्टर धागो दुई अर्ब २४ करोड चार लाख ३७ हजार रुपैयाँ रहेको बराबरको एक करोड १० लाख ५३ हजार छ सय ४७ केजी निर्यात भएको छ ।
सो अवधिमा अघिल्लो वर्षको तुलनामा आयात र निर्यात दुवै घटेको छ । अघिल्लो वर्ष नौ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात र ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएर आठ खर्ब २५ अर्ब ९३ करोड रुपैयाँ घाटा रहेकोमा अहिले व्यापारघाटा १.७७ प्रतिशतले घटेको छ । आयात निर्यातको हिसाबले पहिलो र दोस्रो मुलुक भारत र चीनसँग मात्र व्यापारघाटा ८२ प्रतिशतमाथि छ । सात महिनामा उल्लिखित दुर्ई मुलुकसँग छ खर्ब ६७ अर्ब २७ करोड २४ लाख ४३ हजार रुपैयाँ व्यापारघाटा रहेको छ ।
समीक्षा अवधिमा नेपालले भारतबाट पाँच खर्ब ५४ अर्ब ७५ करोड ८८ लाख ४१ हजारको आयात गरेकोमा ५८ अर्ब ७२ करोड २७ लाख ५१ हजार रुपैयाँको मात्रै निर्यात गरेको छ भने चीनबाट एक खर्ब ७३ अर्ब नौ करोड ११ लाख ५७ हजार बराबरको वस्तु आयात गरेको छ भने एक अर्ब ८५ करोड ४८ लाख चार हजार रुपैयाँ बराबरको मात्रैै निर्यात गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच