राज सिग्देलको स्वरमा ‘पराइकी रानी’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  राज सिग्देलको स्वरमा रहेको गीत ‘पराइकी रानी’ सार्वजनिक भएको छ । रामकुमार रिमालको शब्द तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जनक सिंहले निर्देशन गरेको गीतको भिडियोमा सनम कठायत, अश्विनी शाही साथै गीतकार तथा संगीतकार स्वयं रिमालको अभिनय छ । एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको उक्त भिडियो धादिङ गल्छी आसपास क्षेत्रमा छायांकन गरिएको हो ।

गीतको भिडियोका प्रस्तुतकर्ता मनोज धितालको युट्युब च्यानलमार्फत् सार्वजनिक भिडियोमा दीपक गिरीको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?