‘चरी वनमा’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विष्णु थापा, नकुल थापा, राधिका गिरी र शान्ति पोखरलेको स्वरमा रहेको गीत ‘चरी वनमा’ सार्वजनिक भएको छ । विष्णु थापाको शब्द, नकुल थापाको संगीत र हरिराज डाँगीको एरेञ्ज एवं मिक्सिङरमाष्टरिङ रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।

१८ मिनेट लामो दोहोरी गीत राजधानीको धर्मस्थलीका विभिन्न आकर्षक स्थान र सेटमा छायांकन गरिएको छ । लाइभ दोहोरी शैलीमा निर्माण गरिएको रमाइलो भिडियोमा चन्द्रकुमार श्रेष्ठ र कौशिला कार्कीका साथमा बालकलाकारहरू निश्चलजंग थापा र गृष्मा थापा मगरको नृत्य तथा अभिनय छ ।

भिडियोमा गायकगायिकालाई पनि लाइभ दोहोरी शैलीमा फिचर्ड गरिएको छ । हुम गैरेको निर्देशन र सम्पादन तथा विकास भारतीको कोरियोग्राफी रहेको भिडियोमा डेनिसको छायांकन छ । गायक विष्णु थापाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको भिडियोको दृश्य निर्माण विशाल मुभीले गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?