काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ । फ्लाई नेपाको आयोजनामा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न शहर हँसाएका हुन् । विनोद अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णुप्रसाद गौडेल), सजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुवरी २४ सम्म अमेरिकाको विभिन्न १४ सहरमा प्रस्तुति दिनुभएको थियो ।
हिउँका कारण प्रायः आवतजावतमै अवरोध हुने समयमा सफलताका साथ दर्शकको खचाखच उपस्थितिमा सम्पन्न कार्यक्रममा अमेरिकन सरकारको तर्फबाट सम्मानसमेत प्राप्त गरेको संयोजक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जनवरी २० न्यूयोर्क, फेब्रुवरी १६ भर्जिनिया र १८ मा बाल्टिमोर, मेरिल्याण्डमा आयोजित कार्यक्रममा अमेरिकन सरकारी निकायको तर्फबाट सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच