काठमाडौं । फोन पेले देशभरका महिलाका लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सक्षम नारी’ अभियान सुरु गरेको छ । फोन पेले अभियानमार्फत् आर्थिक वृद्धि र समृद्धिका लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गरिएको जनाएको छ ।
नबिल र सानिमा बैंकसँगको सहकार्यमा फोन पेले माघ २६ गतेदेखि सुरु गरेको अभियान फागुन २८ गतेसम्म चल्नेछ । अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् अभियान अवधिभर कुनै पनि फोन पे सेवा फोन पे क्युआर, फोन पे डाइरेक्ट, फोन पे बिल प्रयोग गरी कम्तीमा तीनवटा कारोबार गर्नुपर्नेछ ।
नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि श्री बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन् भने सानिमा बैंक र नबिल बैंकका सयजना महिला प्रयोगकर्ताले एक हजार रुपैयाँ बराबरको ग्यारेन्टी टप–अप जित्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच