काठमाडौं । काठमाडौँमा फुटपाथ व्यवसायीमाथि हातपात भएको विरोधमा श्रमजीवी स्वरोजगार सडक व्यापारीले विरोध सभा आयोजना गरेका छन् ।
बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको थियो । सडक व्यापारीले उक्त घटनामा संलग्न महानगर प्रहरीलाई कारवाही गर्न माग गरेका छन् ।
सुन्धारामा भएको नगर प्रहरी र फुटपाथ व्यापारीबीचको झडपमा घाइते भएका १६ जना डिस्चार्ज भएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएका सबै घाइते मध्याह्न १२ बजे डिस्चार्ज भएको ट्रमा सेन्टरले जनाएको छ।
काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताकासाथ संवादको माध्यमले समस्याको समाधान गर्ने प्रयास गर्नुको साटो महानगर प्रहरी परिचालन गरी अत्यधिक बल प्रयोग गरेर केही सडक व्यापारीलाई गम्भीर घाइते बनाएको र उनीहरूको सामान लुटपाटको शैलीमा जफत गरेको भन्दै उनीहरूले विरोध गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच