
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यको स्वास्थ्य बिमा गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरेको हो । बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत आश्विन पराजुलीलाई बिमा पोलिसी हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य बिमाको अवधि एक वर्षको रहेको छ । पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यको क्षमता अभिवृद्धिबाहेक सुरक्षाका लागि समेत संस्था गम्भीर रहेकाले स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको बताउनुभयो ।
इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाहले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत् बिमा गर्न पाउनु निकै खुसीको विषय भएको भन्दै सबै नेपाली बिमामा जोडिन आवश्यक रहेको बताउनुभयो । आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता संगठनको हैसियतले सेजनले बिमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउन भूमिका खेल्नुपर्ने उहाँको आग्रह थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच