काठमाडौं । विगत लामो समयदेखि बन्द रहेको र लाइसेन्स खारेजी प्रक्रियामा रहेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले सरकारी कम्पनीको गोदामको भाडा नतिरेको भन्दै भाडा तिर्न सरकारले सार्वजनिक सूचना जारी गरेको छ । पुतलीसडकस्थित त्रिवेणी कम्प्लेक्समा कार्यालय रहेको युटिएलले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्वामित्वको ललितपुर महानगरपालिका ४ नख्खुस्थित गोदाम नम्बर ८ भाडामा लिए पनि लामो समयदेखि भाडा नतिरेको हो ।
भारतीय सरकारी टेलिकम कम्पनीको समेत लगानी रहेको युटिएलले सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २०७४ साउन ४ गतेदेखिको बहाल रकम भुक्तानी नगरी पटक-पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकाले ३० दिने सार्वजनिक सूचनामार्फत् ५५ लाख ९८ हजार छ सय ४२ रुपैयाँ तिर्न भनिएको छ ।
सूचनामा पटक-पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकाले जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका ४ र जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी प्रतिनिधिको रोहबरमा २०७० माघ २३ गते गोदाम खोली गोदाममा भएको मालवस्तुको मुचुल्का प्रमाणित गरी राखिएको त्यस कम्पनीले २०७० माघसम्मको यस कम्पनीलाई तिर्नु बुझाउनुपर्ने बक्यौता रकम ५५ लाख ९८ हजार छ सय ४२ मात्र बुझाई कम्पनीको गोदाममा रहेको मालवस्तु उठाई लैजान भनिएको छ । बक्यौता रकम चुक्ता गरी मालवस्तु उठाई नलगेमा नेपालको प्रचलित कानुनबमोजिम लिलामबिक्री गरिनेसमेत कम्पनीले स्पष्ट पारेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच