![के तपाई अग्लो सिरानीमा सुत्नुहुन्छ ?](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/sleeping-time-sutnu-nindra.jpg)
काठमाडौं । सिभान्स फुड प्रोडक्ट प्रालिद्वारा उत्पादित ‘पार्की आइसक्रिम’ ले राष्ट्रिय आइसक्रिम दिवसका अवसरमा निःशुल्क आइसक्रिम वितरण गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, कोटेश्वर, भक्तपुरको लोकन्थली, ठिमी, सूर्यविनायक र काभ्रेको बनेपालगायतका स्थानबाट एक लाख मूल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरिएको कम्पनीले जनाएको छ ।
नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ (निबा) ले दिवसलाई औपचारिक रूपमा मनाउन ‘आइसक्रिम फर एभ्रिसिजन’ नारा तय गरेको छ । सोही नारालाई आत्मसात् गर्दै देशभरका आइसक्रिम उद्योगी व्यवसायीले विविध कार्यक्रम गरी राष्ट्रिय आइसक्रिम दिवस मनाएको संघले जनाएको छ ।
पार्की आइसक्रिमले पनि आइसक्रिम पारखीका लागि खुसी बाँडेको प्रबन्ध निर्देशक मुरारी कुमावतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज हामी आइसक्रिम व्यवसायीको महत्वपूर्ण पर्व हो । यो पर्व र खुसीयालीको दिनमा हामी पनि स्वदेशी आइसक्रिम पारखीसँग रमाउन निःशुल्क आइसक्रिम वितरण गरेका हौँ ।’ आइसक्रिम क्षेत्रमा २५ वर्षको अनुभवपछि उत्पादन सुरु गरिएको पार्की ब्राण्डको आइसक्रिम स्वाद, सन्तुष्टि र स्वास्थ्यलाई विशेष ध्यान दिएर उत्पादन गरिँदै आएको कम्पनीको दाबी छ । पार्की आइसक्रिम हाल चकलेट, भेनिला, स्ट्रेबरी, मिन्ट, फ्रुट, बटर स्कचलगायत ४० प्रकारका स्वादमा उपलब्ध छन् ।
उद्योग आगामी दिनमा दालमोठ, भुजियालगायतका खाद्य उत्पादन पनि बजारमा ल्याउने तयारीमा जुटेको प्रबन्ध निर्देशक कुमावतले जानकारी दिनुभयो । उद्योगले हाल २० भन्दा बढीलाई प्रत्यक्ष र सयौंलाई अप्रत्यक्ष रोजगारी दिँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच