काठमाडौं । ‘आबुधावी घोषणापत्र’ जारी गर्दै विश्व व्यापार संगठन(डब्लुटिओ)को १३औँं मन्त्रिस्तरीय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा नेपालतर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।
सम्मेलनमा नेपालले अतिकम विकसित मुलुकका प्राथमिकता, व्यापार र समावेशिता, इ-कमर्स, विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्रलगायतका विषयमा कुरा उठाएको थियो । व्यापार तथा विकास, अतिकम विकसित मुलुकको हितका विषय, कृषि सुधार, अतिकम विकसित मुलुकबाट स्तरोन्नतिसम्बन्धी प्रस्तावका सम्बन्धमा छलफल भएको बताइएको छ ।
मन्त्रालयका अनुसार अतिकम विकसित मुलुकतर्फबाट प्रस्तुत स्तरोन्नतिसम्बन्धी प्रस्तावमा सदस्य मुलुकबीच सहमति जुटेकाले स्तरोन्नति भएका मुलुकलाई संक्रमणकालीन अवधिमा प्राप्त हुनेछ ।
त्यसैगरी स्तरोन्नतिपछि तीन वर्षसम्म क्षमता अभिवृद्धिसम्बन्धी सुविधा निरन्तरताको विषयमा पनि छलफल र अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएका मुलुकको सम्बन्धमा कुनै पनि उजुरी भएमा विवाद समाधान संयन्त्रमा यथोचित संयमता अपनाइने समझदारी भएको मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा नेपालसहित चीन, अष्ट्रिया, साउदी अरेबिया, मोरक्को, बंगलादेशका वाणिज्यमन्त्री, अमेरिकाका व्यापार प्रतिनिधि, भारतका वाणिज्य सचिवलगायतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच