म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको ३० औँ वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले बेनीका युवा व्यवसायी सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

शनिबार सुरु भएको अधिवेशन आइतबार राती नयाँ नेतृत्व चयन गर्दै समाप्त भएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम,द्धितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

त्यसैगरी कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य९बावुराम० सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

अन्य सदस्यहरु पनि सहमतिबाट टुंगो लागेको निर्वाचन मण्डलका अधिकृत यामबहादुर चोखालले जानकारी दिनुभयो । संघमा निर्वतमान अध्यक्ष सहित ३७ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा समग्र जिल्लाका उद्योगी,व्यापारीहरुको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले तीन वर्षे कार्ययोजना बनाएर कृषि,पर्यटन,जलविद्यूत,जडिबुटी लगाएतका क्षेत्रमा लगानी भित्राउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने बताउनुभयो ।

म्याग्दीमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने,अलपत्र पूर्वाधारहरुलाई गति दिने,पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकी व्यवसायीहरुलाई चलायमान गराउने खालका कार्यक्रम ल्याइने बताउनुभयो ।

अधिवेशनको शनिवार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्राद ढकालले उद्घाटन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?