राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्दै

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार चैत २३ गते रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ ।

राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले रिपोका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गर्नेछ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार जारी हुने यो रिपो आगामी वैशाख ७ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?