काठमाडौं । सिनेमा सर्कल नेपालको आयोजनामा ‘एलजी सिने सर्कल अवार्ड २०८०’ आगामी वैशाख हुनेभएको छ । सिनेमा सर्कल नेपालका अध्यक्ष दिनेश डिसीले उक्त जानकारी गराउनुभएको हो । सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा अवार्डको आयोजना हुँदै आएको छ । २०८० सालमा प्रदर्शनमा आएका सम्पूर्ण चलचित्रले निःशुल्क सहभागिता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ ।
२१ विधामा अवार्ड हुने कार्यक्रममा एकजना वरिष्ठ सिनेकर्मीलाई ५१ हजार नगदसहित दीर्घ साधाना सम्मान अर्पण गरिने छ । विगतजस्तै यस वर्ष पनि उत्कृष्ट सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, अनस्क्रिन जोडी, कोरियोग्राफर, द्वन्द्व निर्देशक, पाश्र्वगायिका, पाश्र्वगायक, पटकथा, पाश्र्वसंगीत, सम्पादक, चर्चित अभिनेता, चर्चित अभिनेत्री, कमेण्डेबल मुभी, भिएफएक्स, स्टण्ट, चर्चित गीत, ट्रेलर र पोष्टर समावेशलगायत विधा समावेश गरिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच