बागलुङ । सर्वसिद्धिधाम पञ्चकोट, बागलुङमा फागुन ०९ गतेदेखि सञ्चालन भएको अनन्तश्री ब्रहृमाण्डीय महायज्ञ २०८० मा फागुन २० गते भाषा, साहित्य, संस्कृति एवं संरक्षण विषयक विशेष कार्यक्रम अनन्तश्री विभूषित स्वामी कमलनयनाचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष स्वामी कमलनयानाचार्यले साहित्यका माध्यमबाट धर्म, संस्कृति, राष्ट्र र जल संरक्षणमा टेवा पुर्याउन साहित्यकारहरू प्रतिबद्ध भएकोमा खुशी व्यक्त गर्दै आभार प्रकट गर्नुभएको थियो ।
कार्यक्रमका संयोजक साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले धर्म, संस्कृति, राष्ट्र र जल संरक्षणमा साहित्यकारहरू प्रतिबद्ध रहेको कुरा बताइरहँदा संकल्पमा सबै साहित्यकारहरूले ऐक्यबद्धता जनाउनु भएको थियो ।
स्वामी नारायणाचार्य, प्रा.डा.कुशुमाकर न्यौपाने, प्रा.डा.जगन्नाथ रेग्मी, सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, प्राज्ञ प्रेम छोटा, काजी रोशन, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, सापस अध्यक्ष तथा कार्यक्रम संयोजक राधेश्याम लेकालीको मुख्य आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा.जगन्नाथ रेग्मीले ‘साहित्यमा काली गण्डकी’ विषयक कार्यपत्र पेश गर्नुभएको थियो भने प्रा.डा.कुशमाकर न्यौपानेले उक्त कार्यपत्रमाथि संक्षिप्त टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा बागलुङ, पोखरा तथा काठमाडौंबाट सहभागी कवि तथा कवयित्रीहरूले आध्यात्मिक रचना वाचन गरेका थिए भने संगीतकार तथा गायक नरहरि प्रेमी र कमला रिसालले सांगीतिक भजन गाउनुभएको थियो ।
सो अवसरमा कवि तथा कवयित्रीहरू राधेश्याम लेकाली, गीता कार्की, विष्णु मैत्री, विक्रमध्वज जोशी, मीना श्रेष्ठ, रामचन्द्र शर्मा, सन्तु श्रेष्ठ, धनराज काफ्ले, दुर्गा दृशी अधिकारी, नीता श्रेष्ठ, पारू तिमिल्सिना, महेशचन्द्र प्रधान, प्रेम छोटा, हरिश कल्पित, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, रविना कँडेल, द्वारिका ढु्ंगाना तथा मन्दिला अनिलले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रम संयोजक राधेश्याम लेकालीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन मन्दिला अनिलले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच