प्रत्येक वर्ष मार्च-८ मा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस उत्सवमात्र होइन उत्पीडित महिलाको लैंगिक हिंसाविरुद्धको आवाज पनि हो । महिला हिंसा अन्त्य गरी भयरहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्न सक्नुमा नै यस दिवसको औचित्य सिद्ध हुन्छ । राजनीतिक तवरबाट सुरु भए तापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषय हुने गरेका छन् ।
समाज रूपान्तरणको पृष्ठभूमिमा कसै न कसैको कठोर र बलिदानीपूर्ण संघर्ष रहेको हुन्छ नै । नारी दिवसलाई साकार पार्न विभिन्न समयमा हजारौं महिलाले आफ्नो जीवनको आहुति दिएका छन् । यस अवसरमा हामीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक ‘क्लारा जेट्किन’को नाम विशेषरूपमा स्मरण गर्नै पर्छ । क्लारा जेट्किन जसले आधा शताब्दीसम्म महिलाहरूलाई निरन्तर गोलबद्ध गर्दै महिला बालिग मताधिकारको आवाज बुलन्द गर्नुभयो । उहाँले गरेका संघर्षबाट प्रेरणा लिँदै महिलामैत्री समाज निर्माणको महाअभियानमा होमिन सकेमा त्यो नै उहाँप्रति हामीले सच्चा सम्मान गरेको ठर्हदछ ।
अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा संयुक्त राष्ट्रसंघले सन् १९७५ मा दिवस मनाउने घोषणा गर्यो । सित युद्धको बेला पश्चिमका कम्युनिष्ट बल्कले यो मुद्दा उठाएको पनि अनुमान छ । यसको थालनी फसिष्टविरुद्ध सोसलिष्ट जर्मन क्लारा जेट्किनले यो दिवसलाई विश्वभरी नै मनाउनपर्छ भन्नुभयो । उहाँ महिला अधिकारी नेता पनि हुनुहुन्थ्यो ।
अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च सन् १७८९ अक्टोबर ५ र ६ मा पेरिसका श्रमजीवी महिलाले महँगीको विरोधमा प्रदर्शन गरे । त्यसैगरी सन् १९०० देखिनै विरोध हुँदै आएको औद्योगिक क्रान्तिको सुरुवातमा (मास पोमलेसन)हरू बाहिर आए र विभिन्न विचार धाराको जन्म भयो । सन् १९०८ मा लगातार महिलाहरूबीच छलफल भयो असमानता थिचो मिचो भएकाले महिलाहरू बोल्न थाले । सन् १९०८मा १५ हजार महिलाहरू न्यूयोर्कको सडकमा कामको घण्टा छोट्याउन राम्रो तलब र मताधिकारका लागि सडक संघर्षमा ओर्लिए । अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा संयुक्त राष्ट्रसंघले सन् १९७५ मा दिवस मनाउने घोषणा गर्यो । सित युद्धको बेला पश्चिमका कम्युनिष्ट बल्कले यो मुद्दा उठाएको पनि अनुमान छ । यसको थालनी फसिष्टविरुद्ध सोसलिष्ट जर्मन क्लारा जेट्किनले यो दिवसलाई विश्वभरी नै मनाउनपर्छ भन्नुभयो । उहाँ महिला अधिकारी नेता पनि हुनुहुन्थ्यो ।
सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरमा सूचीकार महिलाहरूले मजदुर संगठनको मागहरूका साथ बालिग मताधिकारको माग पनि राख्दै एक बृहत् प्रदर्शन गरेका थिए । न्यूयोर्क शहरका महिलाहरूले उठान गरेको वीरतापूर्ण आन्दोलनलाई ध्यानमा राखी यस परम्परालाई कायम राख्न ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने चलन चल्दै आएको हो । यही अनुरूप ८ मार्च १९११ का दिनदेखि विश्वका धेरै ठाउँमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने परम्परा बस्यो । तर, अन्तर्राष्ट्रिय नारी दिवसको आधिकारिक सुरुवात चाहिँ युएनद्वारा सन् १९७५ बाट भएको हो ।
लैगिंक समानता र समतामूलक समाज बनाउने दृष्टिकोणले संयुक्त राष्ट्र संघले चारवटा सम्मेलन गरेको छ । सन् १९७५ मा कोपेनहेगेनमा १९८० मा मेकसिको शहरमा १९८५ मा नैरोवीमा र पछिल्लो चौथो विश्व सम्मेलन १९९५ मा बेइजिङमा भयो । जसमा विभिन्न देशबाट गरी ४५ हजारभन्दा बढी महिलाहरू सहभागी भए ।
उक्त सम्मेलनले अघिल्ला तीनवटा महिला विश्व सम्मेलनलगायत अन्य संयुक्त राष्ट्र संघीय घोषणापत्र र महासन्धिलाई पनि पुनरावलोकन ग¥यो । बैठकबाट पारित प्रस्तावहरू, प्रतिबद्धता, घोषणालाई अझ अघि बढाउने, विश्व महिला समानता, विकास र शान्ति प्राप्त गर्ने प्रतिबद्धता ३८ बुँदे बेइजिङ घोषणापत्र जारी गर्यो । सो सम्मेलनको मूल नारा ‘विश्वलाई महिलाको आँखाले हेर’ भन्ने थियो । उक्त सम्मेलनले १२ वटा महत्वपूर्ण विषयको एक्सनको योजना बनाएको छ ।
संविधान र कानुनले नेपाली महिलाहरूलाई अगाडि बढाउन खोजेको छ । ऐन, कानुनहरू महिलामैत्री भएका छन् । कानुनमा संशोधन पनि विस्तारै हुँदै आएको छ । तर, महिलाहरू व्यक्तिगत र आर्थिक रूपमा स्वतन्त्र छैनन् ।
इतिहासलाई हेर्दा पढ्दा विश्वभरी नै महिलाहरू दोस्रो दर्जामा थिचोमिचो र असमानतामा बाचेको देखिन्छ र त्यसको लडाइमा महिलाहरू आफैंले संघर्ष र बलिदान गरेको पाइन्छ । त्यसपछि नै कुनै अधिकार दिन सुरुवात भएको पाइन्छ । हरेक देशमा यो दिवसलाई विभिन्न कार्यक्रम गरेर मनाइने गरिएको छ । ८ मार्च हरेक वर्ष विभिन्न विषय वस्तुलाई प्राथकितामा राखेर मनाउने गरिन्छ । यसपालि ११४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको नारा ‘महिलामा लगानीः सभ्य र सम्मुनत समाजको थालनी’ रहेको छ ।
आर्थिक रूपमा महिलाहरू परनिर्भर त छन् नै तर राज्यले पनि महिलाहरूको चौतर्फी विकासको लागि लगानी गरेको पाइँदैन । अर्थको महत्व सम्मुनत जीवनको लागि ठूलो हुन्छ । यसैबाट उनीहरूको शिक्षा, दिक्षा, न्याय समानता निर्भर गर्छ । महिलाहरूको जनसंख्या ५१ प्रतिशत छ । त्यो आधा नेपाल हो त्यसलाई देशको उन्नति-प्रगतिमा लगानी गर्न सकिएन भने समाज अपांग हुन्छ । अधुरो हुन्छ र सभ्य बनाउन सकिँदैन । संयुक्त राष्ट्र संघले यस्ता नारा राख्नुको अर्थ हो आर्थिक सशक्तिकरणको महत्वपूर्ण भूमिका हुनु हो र यो अभियानका रूपमा हुनु हो । त्यतिमात्र होइन समावेशीकरणलाई प्रेरित गर्ने अभियानको सुरुवात पनि सँगै गर्नुपर्ने हुन्छ । भन्नुको अर्थ विविधिताको महत्वमा जोड गर्ने र समाजको हरेक पक्षलाई सशक्तीकरणमा जोडदिने ।
आज पनि हाम्रो समाज पुरानै परम्परावादी काम महिलाहरूले गर्नुपरेको छ । अवरोहरू झेल्नु परेको छ । त्यसलाई भाच्नु, तोड्नु र त्यसबाट बाहिर आउन अझ कठिन छ । यी चुनौतीहरूलाई पार गर्दै महिलाहरू अगाडि जानका लागि सरकारले जागरणका विभिन्न कार्यक्रम ल्याउनुपर्छ । महिला अगाडि बढ्नु भनेको परिवार र समाज नै अगाडि बढ्नु हो भन्ने कुरालाई आत्मसाथ गर्दै उनीहरूको जीवन परिवर्तनका लागि गर्नसक्ने काममा लगानी गर्ने खालका बजेट बनाउनुपर्छ । त्यसमा लगानी बढाउनुपर्छ । संविधान र कानुनले नेपाली महिलाहरूलाई अगाडि बढाउन खोजेको छ । ऐन, कानुनहरू महिलामैत्री भएका छन् । कानुनमा संशोधन पनि विस्तारै हुँदै आएको छ । तर, महिलाहरू व्यक्तिगत र आर्थिक रूपमा स्वतन्त्र छैनन् ।
घरेलु कामको भारबाट मुक्त हुन नसकेमा बाहिर काम खोज्न जान न सक्ने केहीलाई छ भने दूरदराजमा बस्ने महिलाका लागि धेरै भौतिक सुविधा छैन । स्कुल जान नसक्ने, बालविवाहको समस्या, छोरीप्रतिको नकारात्मक धारणा भएकाले देशको आधाभन्दा जनसंख्या महिलाहरूका लागि सरकारले संस्थागत सोच र उनीहरूमाथि गर्ने लगानी बारे गम्भीर ध्यान दिएर छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ । अनिमात्र हामीले हाम्रो समाज सभ्य र उननत बनाउन सकिन्छ । यस २०२४ को महिला दिवसको उपलक्ष्यमा सरकारको ध्यान र जोड महिलामाथिको लगानीमा जाओस् । सम्पूर्ण महिला पुरुषलाई यो अवसरमा हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच