काठमाडौं । सरकार परिवर्तनसँगै सेयर बजार सुधारोन्मुख देखिएको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि १९६० अंक कायम भएको सेयर बजार साताको अन्तिम दिनको कारोबार दिन बिहीबार २०३०.५६ को अंकमा पुगेको छ । सरकार परिवर्तनको दिन सोमबार नेप्से ११७.७० अंकले बढेको थियो भने सकारात्मक सर्किट लागेर कारोबार सयमअघि नै बन्द भएको थियो । मंगलबार भने उच्च ७०.३१ अंकले घटेर २००७.६९ अंकमा झरेको थियो । नेप्से बुधबार पनि ९.३३ र बिहीबार १३.५१ अंकले बढेको थियो ।
साताभर सेयर बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँ बराबरका तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता सेयर कारोबार भएका छन् । आइतबार दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरका ५२ लाख ३८ हजार छ सय ९६ कित्ता सेयर खरिदबिक्री भएका थिए भने सोमबार ३७ करोड ३७ लाख ५१ हजार रुपैयाँ बराबरका नौ लाख २० हजार तीन सय ९९ कित्ता सेयर खरिदबिक्री भएका थिए ।
मंगलबार चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ रुपैयाँ बराबरका एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता सेयर खरिदबिक्री भएका थिए भने बुधबार तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरका ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार रुपैयाँ बराबरका ६३ लाख ७२ हजार चार सय ५२ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ रुपैयाँ बराबर कायम भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच