ला लिगा : ओसासुनाविरुद्ध जिरोना विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा जिरोनाले जित निकालेको छ ।

आइतबार सम्पन्न खेलमा ओसासुनालाई २–० गोलले हराउँदै जिरोनाले जित निकालेको हो ।

जिरोनाका लागि क्रिस्टियन पोर्टु र साभिओले एक–एक गोल गरेका थिए । पोर्टुले १३औँ तथा साभिओले ८६औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै जिरोना २८ खेलबाट ६२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको ओसासुना ३६ अंकसहित १०औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको रियल मड्रिडको २७ खेलबाट ६६ अंक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?