
सत्ताबाट कांग्रेसलाई बहिर्गमनको बाटो देखाउनु र नयाँ गठबन्धन दलहरूको सरकार बन्नु जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मातजस्तै हो । यो व्यवस्था रहुन्जेल सरकार र गठबन्धन फेरिनु भनेको लुटेरा राष्ट्रघातीहरू फेरिनुबाहेक केही होइन । पुष्पकमल दाहालकै शब्दमा भन्नुपर्दा उनी जीवित रहँदासम्म देशमा अस्थिरता र उथुलपुथुल भइरहन्छ । पुष्पकमल दाहाल बाध्य छन्, कहिले इन्डोपश्चिमाको घोडा बन्न कहिले चीनको । जहाँसम्म लाग्छ अहिलेको गठबन्धनमा क्रमभंगता दाहालले नभएर चीनले ल्याएको हो । किनकि केही समयदेखि चीनमा कम्युनिष्ट पार्टीहरूका नेताहरूको ओहोरदोहोर लागिरहेको थियो । खिचडी त्यस बेला नै पाक्दै थियो ।
चीनले यसअघि पनि नेपालका कम्युनिष्टलाई एक ठाउँमा ल्याएर एमाले र माओवादीलाई एउटै पार्टी बनाइदिएको थियो तर धेरै समय टिक्न सकेन र अहिले पनि यो माओवादी र एमालेको प्रेम दीर्घजीवी हुने सम्भावना न्यून छ । पुष्पकमल दाहालले आफू इण्डियाको घोडा नभएको स्पष्टीकरण दिँदै उनले आफू नेपाली जनताको घोडा हुँ भनेका छन् तर वास्तवमा कहिले अमेरिका तथा इण्डियाको त कहिले चीनको घोडा बने तापनि उनी लामो समयसम्म चीनको घोडा बनेर आफूले चाहे पनि बस्न सक्दैनन्, उनको बाध्यताले गर्दा । एमालेले आफ्नो दोस्रो तहका नेताहरू सरकारमा पठाउनु, महत्वपूर्ण मन्त्रालयहरू नपाए पनि सरकारमा जानु, मन्त्रीहरूले शपथ खाने दिनमा ओली राजधानीबाहिर जानुले पनि यो गठबन्धन लामो समय टिक्ला भन्न सकिने अवस्था छैन ।
रास्वपा एक्लै प्रतिपक्षमा बस्छ भनेर कुर्लन्थे रवि लामिछाने । टिभीका एंकर र नेता भएर बोलेका कुराहरू उनले बिर्सेका त छैनन् होला । हिजो पत्रकार हुँदा नेताहरूमाथि उठेका उनका औंलाहरू अहिले त उनीतिरै तेर्सिएका छन् ।
तेस्रो, चौथो नम्बरमा हुने माओवादी जहिले पनि सत्तामा हुनु, सरकारको नेतृत्व गर्नु कांग्रेस र एमालेको कमजोरीले हो । उनीहरूले दाहालबाट पटक पटक धोका खाए पनि माओवादीको घोडा बन्न कसले बाध्य पारिरहन्छ ? रवि लामिछाने नेताभन्दा पनि एउटा कुशल स्टण्टबाज हुन् । उनीमाथि रहेको मुद्दा, शहकारी काण्ड आदिबाट उनलाई उन्मुक्ति चाहिएको छ । सत्तामा नगए जेल जानुपर्ने स्थिति आउँन सक्छ । त्यसैले आफूमाथिको मुद्दा सामसुम पार्न उनी सरकारमा जान बाध्य भए । मिसन ८४ भन्थे ८१ मा अडिए, सबै दलहरू मिलेर सरकार बनाऊ, रास्वपा एक्लै प्रतिपक्षमा बस्छ भनेर कुर्लन्थे रवि लामिछाने । टिभीका एंकर र नेता भएर बोलेका कुराहरू उनले बिर्सेका त छैनन् होला ।
हिजो पत्रकार हुँदा नेताहरूमाथि उठेका उनका औंलाहरू अहिले त उनीतिरै तेर्सिएका छन् । राजनीतिलाई नेताहरूले बेश्यावृत्तिमा परिणत गरेर सबै लाजसरम पचाइसकेका छन् । उनीहरू आफूले के बोलेँ भन्ने नै बिर्सिन्छन् । राष्ट्रिय स्वयं सेवक संघ नागपुर (इण्डिया) ले आदेश नदिएर हो कि राप्रपाले फागुनदेखि गर्ने भनेको आन्दोलन अझै सुरु गर्न सकेको छैन । दुर्गा प्रसाईं राजधानीबाट बाहिर निस्केर जिल्लामा उर्लिरहेका छन्, राष्ट्रिय शक्ति पार्टी कोठाभित्रै सीमित छ, अरू संघ, संगहठनहरू बेलामौकामा सडकमा रमिता देखाउँछन् । एउटै लक्ष्य लिएका दल र संगठन एक हुन किन चाँहदैनन् वा कसले एक हुन तिनीहरूलाई दिइरहेको छैन ?
अनि सनातन धर्मसापेक्ष राष्ट्रसहितको राजतन्त्र फर्काउने नाराको बजारीकरण गरेर किन फाइदा लिन खोज्छन् ? इण्डियाको इतिहासमा मराठा राजा शिवाजीको नाम गौरवका साथ लिइन्छ । उनी इण्डियाबाट मुगलहरूलाई लखेटेर हिन्दु राष्ट्र बनाउन चाहन्थे तर इण्डियामै हिन्दू राजाहरूबीच नै एकता थिएन । जब मुगल सम्राट औरंगजेबले शिवाजीलाई हराउन सेनापति अफजल खान र मामा शाहिस्ता खानलाई लड्न पठाउँदा दुवै पराजित भएर फर्केपछि उनले आफ्नो विश्वासपात्र अजमेरको राजा जयसिंहलाई शिवाजीविरुद्ध युद्ध गर्न अनुरोध गरे ।
यो खबर शिवाजीले पाएपछि उनले जयसिंहलाई लामो पत्र लेखेर पठाएका थिए, जसमा उनले उनको वीरताको प्रशंसा गर्दै लेखेका थिए, ‘सुनेको छु तपाई दक्खिनतिर आक्रमण गर्न आइरहनुभएको छ, तपाईंलाई के थाहा छैन, यसले देश र धर्म बर्बाद हुनेछ । यदि मैले आफ्नो तर्फबाट तरबार प्रयोग गरेँ भने दुवैतर्फबाट हिन्दुहरू नै मारिनेछन् । उचित त यो हुन्छ कि तपाईले धर्मको दुश्मन इस्लामको जरा नै उखेलिदिनुस् । तपाईंलाई थाहा छैन र यस कपटीले हिन्दुहरूमाथि के कस्तो अत्याचार गरेको छ । यो मानिससँग बफादारीको के फाइदा ? तपाईंलाई थाहा छैन र यसले आफ्ना पिता शाहजहाँसँग कस्तो व्यवहार गरेको थियो ?
हामी मिलेर हिन्दु देश, हिन्दु धर्म र हिन्दुहरूका लागि लड्नुपर्छ । हामीले हाम्रा दुश्मनलाई तरबार र युक्तिले जस्ताको त्यस्तै जवाफ दिनुपर्छ । यदि तपाईं मेरो सल्लाह मान्नुहुन्छ भने तपाईंको लोक परलोकमा नाम हुनेछ । तर, जयसिंहले शिवाजीको कुरा मानेनन् । युद्ध भयो, शिवाजी हारेपछि उनी र जयसिंहबीच पुरन्दरमा सन्धि भयो जुन सन्धिबाट शिवाजीले आफ्ना महत्वपूर्ण किल्लाहरू गुमाउनुप¥यो । उनले औरंगजेबको आदेशअनुसार उनका पुत्र सम्बाजीलाई औरंगजेबको सेवामा जानुपर्ने भयो । पछि जयसिंहले नै शिवाजीलाई उनीमाथि कुनै आँच नआउने जिम्मा लिँदै औरंगजेबलाई भेट्न लगे तर औरुंगजेब हाम्रा पुष्पकमल दाहालजस्तै धोकेबाज शासक थिए ।
उनले शिवाजी र उनका पुत्रलाई बन्दी बनाएर आग्रामा थुनेर राखे । पछि जयसिंहले आफ्नो छोरालाई पठाएर उनीहरूलाई भगाए । जयसिंहको पराक्रम तथा साहसदेखि औरंगजेब त्रसित थिए । उनले खानामा जहर मिसाएर खुवाएर राजा जयसिंहको हत्या गरे । देशका शत्रुहरू कहिल्यै मित्र हुँदैनन्, यो कुरा हाम्रा शासकवर्गले कहिले बुझ्ने ? इण्डियाले सिक्किमलाई कसरी निल्यो के हाम्रा शासकवर्गलाई थाहा छैन ?
अमेरिकाले आफ्ना मित्रराष्ट्रहरू चाहे युक्रेन होस् वा इजरायल वा खाडी मुलुक तिनलाई कसरी उचालेर त्यहाँ युद्ध गरायो र आफ्नो हतियार बेच्ने काम सकिएपछि, आफ्नो स्वार्थ पूरा भएपछि कसरी भाग्यो, अफगानिस्तानको इतिहास के हाम्रा नेताहरूलाई थाहा छैन । हाम्रा नेताहरू कहिलेसम्म राजा जयसिंह भएर विदेशी र पश्चिमाहरूको सेवामा र सत्तामा टिक्न देशलाई बलि चढाइरहने हो ? कहिलेसम्म सनातन धर्मसापेक्ष प्रणाली स्थापना गर्ने हो ?
नेताहरू सनातनधर्मविरोधी (बाहिर देखिँदा सनातन धर्मी, पूजाआजा पनि गर्ने नाटक गरे पनि) राष्ट्रद्रोही र भ्रष्ट्र नेता आफैं बनेका होइनन्, हामी जनताले नै तिनीहरूलाई म्लेच्छ, भ्रष्ट र देशद्रोही बनाइरहेका छौं । हामीबीच एकता छैन, हामीबीच उनीहरूविरुद्ध विद्रोह गर्ने साहस छैन । जनता निर्बल भए सनातन धर्मविरोधी, भ्रष्ट र देशद्रोहीहरू बलिया हुन्छन् र एकदिन नेपाल र नेपालीहरू पनि समाप्त भएर जानेछन् । एउटा शक्तिशाली पक्षी छ क्यासोवरी जो आफ्ना शत्रुलाई उसका खुट्टामा भएका तिखा र धारिला नंग्राले चिरेर समाप्त पारिदिन्छ, यसले मानिसलाई पनि चिरेर मार्छ । यो अष्ट्रेलिया र दक्षिण अफ्रिकी मुलुक गिनीमा पाउने शिकारी चरो हो ।
सुरुमा यो कमजोर थियो । यो कमजोर हुँदा मानिसले यसको शिकार गर्ने गर्थे तर ऊ आफू बलियो हुन संघर्ष गर्दै गयो र धेरै समयपछि आफ्नो रक्षाका लागि उसलाई नोक्सानी पुर्याउन आउने जो कोहीलाई पनि समाप्त पार्ने भयो । यस पक्षीले जब फुल पार्छ तब ऊ आफ्नो गुँड छोडेर कतै जाँदैन, जबसम्म उसले फूल कोरलेर बच्चा निकाल्दैन तबसम्म उसले धेरै आहारा पनि लिँदैन । आफू र आफ्ना सन्तानलाई बचाउन यो यति खतरनाक बन्यो कि आजभन्दा बीस हजार वर्षअगाडिदेखिको यो पक्षी आज पनि अस्तित्वमा छ ।
हिजो कम्युनिष्टहरूले आदर्श र मान्यताको राजनीतिको नाममा शोषणरहित समाजको स्थापनाको नारा दिएर जनताका छोराछोरीलाई बहकाउँदै राजालाई शोषक सामन्ती र दलहरूका नेताहरूलाई गद्दार भन्दै जनताको बुद्धि भुटे तर आफू सत्तामा गएपछि आफैं शोषक सामन्ती बन्न पुगेका छन् ।
अर्को पक्षी हो ड्याडो जो चार सय वर्षअगाडिसम्म मोरिससमा पाइन्थ्यो । यो अति मिलनसार चरो थियो, मानिसलाई आफ्नो शत्रु नभएर मित्र ठान्दथ्यो । त्यसैले उनीहरूसँग डराउँदैनथ्यो । सन् १५०७ मा एकजना पुर्तगाली नाविकले यसलाई देख्यो । उसले यसको शिकार गरेर खाएपछि यसको मासु स्वादिष्ट लाग्यो । यसपछि यसको हत्याको सिलसिला चल्यो । आफन्तहरूलाई मानिसले मारेर खाँदा पनि यो पंक्षीले उनीहरूबाट बच्न कुनै उपाय अवलम्बन गरेन, आफूहरूमा शक्ति सञ्चय गरेन । अन्ततः यो ड्याडो पक्षी सन् १६८१ सा पूर्णरूपेण समाप्त भयो । अहिले मोरिससको म्युजियममा यसको अवशेषमात्र छ ।
अब सोचौं, हामी नेपालीले क्यासोवरी पक्षीजस्तै आफूलाई शक्तिशाली बनाउँदै लग्ने कि ड्याडो पक्षीजस्तै यो देश र जनताका शत्रुहरूका अगाडि आत्मसमर्पण गरेर यो देश र नेपालीको अस्तित्वलाई नै समाप्त पारेर इतिहास र म्युजियमको शोभा बन्ने ? पुष्पकमल दाहालले आफू बाँचुन्जेल देशमा अस्थिरता र उथुलपुथुल भइरहनेछ भनिसकेका छन् । अर्थात् यो देश अस्थिर बनेर यहाँ उथुलपुथुल भइरहे यो देश र सनातन धर्म समाप्त गरेर उनी मर्नेछन् । नेपाली कांग्रेसको महधिवेशनमा बहुसंख्यक सदस्यहरूले हिन्दू राष्ट्रको माग गरेपछि दाहाल तर्सिएकाले उनी कुन हदसम्म सनातन धर्मको विरोधी हुन् बुझ्न गाह्रो हुँदैन । उनलाई साथ दिनेहरू पनि उनीजस्तै हुन् ।
पुष्पकमल दाहालको स्वभाव कंगारुजस्तै छ । जसरी कंगारुले आफ्नो बच्चालाई जबसम्म ऊ ठूलो भएर आफ्नो खुट्टामा उभिएर विचरण गर्न सक्दैन तबसम्म उसले उसलाई आफ्नो थैलोमा राखेर दूध ख्वाउँछ, अर्को बच्चा जन्माए पनि उसको हेरचाह गर्छ, ठीक त्यस्तै दाहाल पनि आफ्ना सन्तान, आफन्त, इष्टमित्र, प्रियजनलाई आफ्नो थैलोभित्र राखेर भ्रष्टाचारको दूध ख्वाइराख्छन् ता कि ठूलो भएपछि उनीहरूले उनको बिँडो थामून् । दाहालको कंगारु प्रवृत्तिले मुलुकलाई गरिब त बनाउँछ नै साथै यसको अस्तित्व पनि समाप्त पार्छ र यिनका उत्तराधिकारीहरू पनि यिनैजस्तै हुनेछन् ।
हिजो कम्युनिष्टहरूले आदर्श र मान्यताको राजनीतिको नाममा शोषणरहित समाजको स्थापनाको नारा दिएर जनताका छोराछोरीलाई बहकाउँदै राजालाई शोषक सामन्ती र दलहरूका नेताहरूलाई गद्दार भन्दै जनताको बुद्धि भुटे । तर, आफू सत्तामा गएपछि आफैं शोषक सामन्ती बने, आफैं राष्ट्रघाती बने, आफैं भ्रष्ट बने र देशलाई कमजोर पारेर समाप्त पार्न अग्रसर भएका छन् । कम्युनिष्टलाई साथ दिएर सत्तामा जानेहरू पनि त्यही विचार, त्यही कुसंस्कार र त्यही पथबाट सञ्चालित छन् । जनताले फेरि पनि सोचौं, जनता क्योसोवरी बन्ने कि ड्याडो ?
डोडो हुनु पर्नेमा ड्याडो भएकोले कृपया सच्चाएर पढ्नु होला ।