भोजपुर। २०६४ सालमा स्थापना भएको भोजपुरको युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीले अभिभावक सहित शिक्षक शिक्षिका र कर्मचारीलाई सम्मान गरेको छ ।
१६ औ बार्षिकोत्सव तथा अभिभावक भेलाका अवसरमा एकाडेमीले आइतवार बिद्यालयलाई सहयोग गर्ने १५ अभिभावक, ३० जना शिक्षक शिक्षिका र १३ जना कर्मचारीहरुलाई सम्मान गरेको हो । सम्मानितहरुलाई सम्मान पत्रबाट सम्मान गरिएको हो । स्थापना देखि नै निरन्तर कार्यरत शिक्षिका कमला तामाङ र कर्मचारी शुष्मा राईलाई भने नगद ५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।
एकाडेमीले गत २४ गतेबाट सुरु गरेको बार्षिकोत्सव तथा अभिभावक भेलाका कार्यक्रमहरु बिभिन्न कार्यक्रम सहित सम्पन्न भएको हो । कार्यक्रममा अभिभावकको नृत्य, डोरी तान्ने खेल, म्याराथुन दौड, कक्षागतरुपमा संचालित खेलकुद गतिबिधीहरुमा उत्कृष्ठ हुने टिमहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र बितरण गरिएको थियो ।
एकाडेमीका अध्यक्ष भरत खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्मानित तथा बिजेताहरुलाई भोजपुर बहुमुखी क्याम्पसका प्रमुख भुलानाथ राई, प्याप्सनका जिल्ला अध्यक्ष रमेश आले, भोजपुर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष नवीन प्रदान, भोजपुरका बरिष्ठ पत्रकार निरोज कोइराला, यशोधरा माविका सहायक प्रधानाध्यापक बिष्णु कुमार राई, अक्षयकोषदाता बृख बहादुर तामाङ, सस्थापक सदस्यहरु डम्मर कुमार श्रेष्ठ, धर्मराज राई लगायतले पुरस्कार बितरण गर्नुभयो ।
बार्षिकोत्सव मुल समारोह कार्यक्रममा बोल्ने बक्ताहरुले एकाडेमीले शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी भुलानाथ राईले गुणस्तरीय शिक्षका लागि एकाडेमीले महत्वपूर्ण भुमिका निर्वाह गर्दे आई रहेको बताउँदै शैक्षिक सुधारमा बिद्यालय र अभिभावक सँगै हिडन आवश्यक रहेको बताउनुभयो ।
जनमुखी शिक्षा नीति सरकारले बनाउन नसकेको भन्दै प्रमुख राईले पहाडी क्षेत्रमा शिक्षकको अभाव हुने अवस्था देखिने गरेकाले नीजि बिद्यालयहरुले पनि आफनै तालिम केन्द्र स्थापना गरेर शिक्षक छनौट गर्न सकेमा सहजता हुने बताउनुभयो ।
प्याप्सन अध्यक्ष रमेश आलेले बिद्यालयको शैक्षिक सुधार शिक्षक कर्मचारीबाट मात्र नहुने भएकाले अभिभावकले पनि त्यसका लागि सहयोग गर्न आवश्यक रहेको बताउनु भएको थियो । अन्य सहभागि अतिथी बत्ताहरुले शिक्षा क्षेत्रको बिकास आवश्यक रहेको बताउँदै एकाडेमीलाई बिशिष्टिकृत शैक्षिक संस्थाकारुपमा बिकास गर्दै बिद्यार्थीहरुलाई गुणस्तरीय, सिपमुलक र ब्यबहारिक शिक्षा प्रदान गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
शैक्षिक तथा भौतिक अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु हुदै एकाडेमीका प्रिन्सिपल मनोज तामाङले २०६५ सालदेखि पठनपाठन सुरु भएको बिद्यालयमा हाल नर्सरी देखि १० कक्षासम्म छ सय छ जना बिद्यार्थीहरु अध्यनरत रहदै आएको बताउनुभयो । यातायातको पहुँचसँगै दुई वटा बसको ब्यवस्था गरिएको कम्पाण्ड सहित आफनै भवनहरु रहेको समेत तामाङले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच