काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा उक्त जानकारी दिनुभएको हो ।
अध्यक्ष ढकालका अनुसार कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्नेछन् भने उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँको हुनेछ । जसमा महासंघ सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्नेछन् ।
कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गरिरहेको पनि बताउनुभयो । राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको भन्दै अध्यक्ष ढकालले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी गराउनुभयो ।
महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस कोशेढुंगा भएको उहाँको भनाइ थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वपक्षीय भेला आयोजना गरेको र त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको पनि उहाँले दाबी गर्नुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘अभैm हामीले प्रयास गर्नुपर्छ, बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच