सिंजा गाउँपालिकामा ३३ प्रतिशत बजेट खर्च

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको आव २०८०/०८१ म कुल विनियोजित बजेटको ३३ प्रतिशत बजेट खर्च गरेको छ । सो पालिकाले चालु आवको लागि २७ करोड २० लाख ८६ हजार १४७ र पुजींगततर्फ १२ करोड ७५ लाख ७६ हजार तीन सय गरी जम्मा कुल ३९ करोड ९६ लाख ६२ हजार चार सय विनियोजन भएको बजेट चालु आवको अर्धवार्षिकको हालसम्म चालुतर्फ ४० दशमलव ८ प्रतिशत र पुजीगततर्फ १९ दशमलव ४४ प्रतिशत गरी जम्मा बजेटको ३३ दशमलब ९९ प्रतिशत बजेट खर्च भएको सिंजा गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत पवित्रा शाहीले बताउनुभयो ।

राजस्व संकलनतर्फ कुल अनुमानित आय २९ लाख रहेकोमा हालसम्म ९ लाख एक हजार ७३१ अर्थात कुल अनुमानितको ३१ प्रतिशत मात्र राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ ।

पालिकाले पालिकाभित्र संचालनहुने विकास निर्माणका कामलाई तिब्रगतीमा अगाडि बढाएको छ । नीति तथा कार्यक्रमबाट पारित भएका आयोजनादेखि प्रदेश र संघीय सरकारबाट प्राप्त अनुदानका योजनालाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

पालिकाका स्थानीयवासिको स्वाच्छता सरसफाई सुरक्षित गुणस्तरीय खानेपानी तथा सरसफाई सेवामा पहुँच र प्राप्त गर्नेका लागि संघीय सरकारको विशेष अनुदानमा १ करोड १२ लाखको लागतमा वडा नंं. १ मा बृहत खानेपानी निर्माणका लागि ठेक्का आह्वान भई सम्झौताको काम सम्पन्न गरी काम अगाडि बढेको गाउँपालिकाको अध्यक्ष धितालको भनाइ छ । प्रदेश सरकारको अनुदान अन्तर्गत ४० लाखको लागतमा जाँच डिग्रा खानेपानी आयोजना कार्यान्वयनको चरणमा छ ।

यी दुवै योजनाबाट वडा नंं.१ का झण्डै पाँच सय घरधूरी खानेपानीको पहूँचमा पुग्ने भएकाछन् । जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गरी औषधि उपचारको सेवाप्रदान गरिएको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिनुभयो । पालिकाको स्वास्थ्य शाखाले संचालन गरेको पाठेघर तथा क्यान्सर परिक्षण सम्बन्धी दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५० जना महिलाहरुले स्वास्थ्य चाँजबाट लाभ लिएको गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले बताउनुभयो ।

केही स्वीकृति भएका योजनामा बजेट अपुग भएकोले केही बजेट संशोधन र रकमान्तर गरि पालिका सवै वडामा बजेट विनियोजित गरिएको गाउँपालिका उपाध्यक्ष रोकायाको भनाइ छ

पालिको वडा नं.३ र ५ को वडा कार्यालयको पक्की भवन निर्माणका लागि बोलपत्रभई सम्झौताको काम बाँकी रहेको सिंजा गाउँपालिका प्रविधिक शाखाका प्रमुख राजकुमार भट्टले जानकारी दिनुभयो ।

१३ औं हिउँदे गाउँसभाबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयक र खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयक गाउँसभाबाट पारित गरी कार्यान्वयनमा आउने सिंजा गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?