भोजपुर । नेपाल प्रहरीले भोजपुरबाट साइवर अपराध सचेतना अचियानको शुभारम्भ गरेको छ ।
नेपाल प्रहरी प्रवक्ता डिआइजी भिमप्रसाद ढकालले सामाजिक सञ्जाल आफु अनुकुल प्रयोग नगर्दा बिभिन्न साइवर अपराधका घटनाहरु बढी रहेकाले नयाँ पुस्तालाई सहीरुपमा नयाँ प्रबिधको उपयोग गर्न आग्रह गर्ने उद्धेश्यका साथ भोजपुरबाट यो अभियानको शुभारम्भ गरिएको बताउनुभयो ।
यो अभियान आगामी तीन महिनासम्मा बिद्यार्थी, नागरिक, शिक्षकलाई सामाजिक सञ्जालको दुरुपयोगबाट हुने साइवर अपराधका बिषयमा सचेतना गराईने नेपाल प्रहरी प्रवक्ता डिआइजी ढकालले बताउनुभयो ।
नेपाल प्रहरी प्रवक्ता डिआइजी ढकालले भन्नुभयो, “गाउँगाउँमा सचेतना जनाउन भोजपुरबाट जिल्ला ब्यापीरुपमा यो अभियान सुरु भएको छ, क्रमिकरुपमा यो अभियान अन्य जिल्लाहरुमा पनि संचालन हुदै जाने छ ।” सामाजिक सञ्चालको सही प्रयोग हुन सकेमा अपराधीक गतिबिधी निरुत्साहित गर्न पनि मद्धत मिल्छ । भोजपुरका ९ वटै स्थानीय तहका ८२ स्थानमा १० हजार नागरिकलाई सचेतना दिने गरी यो अभियान सुरु भएको हो ।
सचेतनाका सहभागिबाट पुन गाउँघर र समाजमा यस बिषयमा जागरुग गराउने भएकाले यो अभियान प्रभावकारी हुने नेपाल प्रहरी प्रवक्ता डिआइजी ढकालको भनाई रहेको छ । सचेतना कार्यक्रमको नेपाल प्रहरीका प्रवक्ता डिआइजी भिमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले शुभारम्भ गर्नुभयो ।
जिल्लाको अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको शारदा माविबाट अभियानको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमख डिएसपी सुदिपराज पाठकले बताउनुभयो । साइबर अपराधलाई कम्प्युटर तथा इन्टरनेटको प्रयोग गरेर गरिने आपराधिक कृयाकलापहरूमा राखिएको बताउँदै प्रमुख डिएसपी प्रबिधिको बिकाससँगै साइवर अपराध पनि बढेकाले सचेतना अभियान सुरु गरिएको बताउनुभयो ।
साइवर अपराध न्युनीकरणका लागि सवै सचेत रहन जरुरी रहेको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले प्रहरीले थालेको सचेतना अभियानले सामाजिक सञ्चाल दुरुपयोगका घटना कम गर्न पनि मद्धत पुग्ने बताउनुभयो । जिल्लाको अरुण गाउँपालिकाबाट सुरु भएको यो अभियान सम्वन्धित क्षेत्रका इलाका प्रहरी कार्यालय, प्रहरी चौकी लगायतबाट संचालन हुने छ ।
बिद्यालय स्तरबाट सुरु गरिएको अभियानले समुदायलाई पनि सचेत गराउँने अरुण गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “बिद्यालयमा अध्ययरत बिद्यार्थी, शिक्षक र नागरिकलाई मध्यनजर गर्दे प्रहरीले सुरु गरेको अभियान प्रभावकारी देखिन्छ ।” सचेतनामा सहभागि बिद्यार्थीहरुले साइवर अपराधका बिषयहरु सुनेको भए पनि बिस्तृत नजानेकाले प्रहरीले सो बिषयमा जानकारी गराउँदा ज्ञान प्राप्त भएको बताएका छन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच