काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ । सिएनआई अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्री पुनसमक्ष मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव प्रस्तुत गरेको छ । अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भोगेको समस्याका विषयमा जानकारी गराउँदै निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भई त्यहीँबाट अर्थतन्त्र सुधारका लागि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भारतले अवलम्बन गरेको जिएसटी र नेपालले अवलम्बन गरेको एकदरको मूल्य अभिवृद्धि कर (भ्याट)ले अनधिकृत व्यापारलाई प्रोत्साहित गरेको भन्दै बहुदर भ्याट प्रणालीमा जान आग्रह गर्नुभयो । उहाँले साफ्टाका कारण कतिपय वस्तुभन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योग प्रभावित भइरहेकोतर्फ पनि ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष अग्रवालले कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकाले व्यावसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानुनलाई ‘डिक्रिमिनलाइज्ड’ गरिनुपर्ने आवश्यकता आंैल्याउनुभयो ।
मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभई प्रोत्साहन गर्न प्रधानमन्त्रीको निर्देशन नै पहिले सुन्ने, त्यसपछि मात्रै थुन्नुपर्ने अवस्था तयार गर्ने निर्देशन गृहमन्त्रीसमेतलाई दिनुभएको भन्दै निजी क्षेत्रलाई साथ लिएरै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘निजी क्षेत्र बन्यो भने रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र बलियो हुन्छ । यो सरकारले निजी क्षेत्रलाई तर्साउँदैन ।’ अर्थतन्त्र केही दबाबमा रहेको उल्लेख गर्दै उहाँले निर्माण व्यवसायीको भुक्तानी दिई बजार चलायमान बनाउन ३०/४० अर्ब बजारमा पैसा पठाउन लागेको समेत उहाँले जानकारी गराउनुभयो । बहुदर भ्याट प्रणालीमा जानुपर्ने सुझावलाई सकारात्मकरूपमा लिँदै मन्त्री पुनले करका दर विषयमा नभई कर नीतिका विषयमा खुलारूपमा छलफल गर्ने बताउनुभयो ।
सो अवसरमा सिएनआईका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, स्थायी आमन्त्रित सदस्य गोकुल भण्डारी, गभर्निङ काउन्सिल सदस्य योगेश्वरलाल श्रेष्ठ, शिवरतन शारडा, महानिर्देशक दीपकराज जोशीलगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच